FAQs Complain Problems

समाचार

राप्तीमा सामुदायिक विद्यालयका शिक्षकहरुको दरवन्दि मिलान गरिने

राप्तीमा सामुदायिक  विद्यालयका शिक्षकहरुको दरवन्दि मिलान गरिने
तिर्थराज ज्ञवाली
७ माघ, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रको विद्यालय तथा विद्यार्थीको शैक्षिक गुणस्तरमा विकासका लागि सामुदायिक  विद्यालयका शिक्षकहरुको दरवन्दि मिलान गर्ने निर्णय गरिएको छ ।
सोमवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १४ औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसी महत्वपुर्ण विषयमा छलफल गरि निर्णय गरिएको हो ।
गाउँपालिकाको निर्णय अनुसार विगतमा राप्ती गाउँपालिका गाउँ शिक्षा समितिले  तय गरिएका मापडण्डको आधारमा  शिक्षक दरवन्दि मिलान गर्ने निर्णय गरिएको छ ।
शिक्षक मिलानको क्रममा गाउँपालिबाट अनुदान प्राप्त नियुक्त शिक्षक, राहत शिक्षक, अस्थायी शिक्षक, स्थायी शिक्षक का आधारमा मिलान गरिने र  उल्लेखीत क्रममा पनि नियुक्तिको आधारमा कनिष्ट अनुसार मिलान गरिने निर्णय भएको  प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकले राप्तीमा कुप्रथाको अन्त्यका लागि सचेतनात्मक तथा जनचेतनात्मक कार्यक्रम संञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।
परिक्षा संञ्चालन कोषको स्थापना गर्ने, बैठकमा बाल विवाह, बहुविवाह, लागुपदार्थ दुब्र्यसनि, छुवाछुत लगाएतका कुप्रथाको अन्त्यका लागि सचेतनात्मक तथा जनचेतनात्मक कार्यक्रम संञ्चालन गन, तुल्सीपुर उप महानगरपालीकाको आयोजनामा हुने फुटवल प्रतियोगीतामा यस गाउँपालिकाको तर्फवाट  प्रतियोगी टोली  पठाउने निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: