FAQs Complain Problems

समाचार

राप्तीमा सामुदायिक विद्यालयको अनुगमन सुरु

राप्तीमा सामुदायिक विद्यालयको अनुगमन सुरु

राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अगुवाईमा यस आर्थिक वर्षको वर्षे विदा पश्चात सामुदायिक विद्यालयको विभिन्न पक्षमा  अनुगमन सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाले पछिल्लो समयमा सामुदायिक विद्यालयको हरेक पक्षको सुधार गर्दै बालबालीका लाई गुणस्तरिय शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रम तथा योजना अघि बढाय संगै विद्यालयहरुको अनुगमन सुरु गरिएको हो ।
विद्यालयहरुले विद्यार्थीलाई गुणस्तरिय शिक्षा, शिप र असल ब्यवहार सिकाउनकालागि आवस्यक प्रक्रियाका वारेमा शिक्षक, विद्यार्थीहरुको शिकाई उपलब्धीका लागि विद्यालयको अनुगमन गरिएको हो ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, सम्वन्धित वडा का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रि, गोवर्धन रावत, चन्दर चौधरी, शिक्षा समन्वय समितिका शाखा अधिकृत देवमनि चौधरी, अधिकृत महेश अधिकारी, शिक्षा अधिकृत विश्वास विक, सञ्चार  संयोजक लयायतको टोलीद्धारा बुधवार र विहिवार तिन विद्यालयमा अनुगमन गरिएको छ ।
विद्यालयको अनुगमनको क्रममा विद्यालयका समस्या, विद्यार्थीका समस्या, शिक्षकका समस्या तथा पठनपाठन एवं परिक्षा नतिजाका वारेमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु संग सोधपुछ गरिएको छ ।
अनुगमनको क्रममा शिक्षा क्षेत्रमा राप्ती गाउँपालिकाले हाल सम्म गरेको कार्य र आगामी योजनाका वारेमा जानकारी गराउदै समस्याको समाधान गाउँपालिकाले गर्ने विद्यार्थीको संख्या र शैषिक गुणस्तर शिक्षकले बढाउन पर्ने जानकारी समेत गरिएको छ ।
यस आर्थिक वर्षको प्रारम्भीक चरणमा सुरु गरिएको अनुगमनको क्रममा प्रथम चरणमा विपी आधारभुत विद्यालय बसन्तापुर, जनज्योति आधारभुत विद्यालय नयाँगाउ, बालकल्याण आधारभुत विद्यालय पहरुवाको अवस्याको अनुगमन गरिएको छ ।
विद्यालयको अनुगमनको क्रममा शिक्षकको उपस्थीतीमा कमी, अध्यन सामाग्रीको प्रयोगमा कमी, विद्यार्थी, शिक्षक, कर्मचारी पोषाकमा निरन्तरताको अभाव, विद्यालय क्षेत्र तथा कक्षा कोठामा सरसफाईको अभाव, शिक्षक र प्रधानाध्यापक विच मतभेद, विद्यालय ब्यवस्थापन समिति तथा अभिभावकको न्युन उपस्थीती,  हर हिसाव पारदर्शितामा कमी लगायतका समस्या देखीएकोमा यथासक्य छिटो समस्या समाधान गर्न सुझाव तथा निर्देशन गरिएको छ ।
अनुगमनको क्रममा विद्यालयको भौतिक निर्माण वा अति आवस्यक कार्यलाई गाउँपालिकामा माग गर्न समेत अनुरोध गरिएको छ ।
 

तिर्थराज ज्ञवाली
साउन २३ ,पहरुवा (देउखुरी दाङ)

आर्थिक वर्ष: