FAQs Complain Problems

समाचार

राप्तीमा हेल्थ सर्भिस म्यानेजमेन्ट विषयमा अध्ययन गर्दै 

राप्तीमा हेल्थ सर्भिस म्यानेजमेन्ट विषयमा अध्ययन गर्दै 
तिर्थराज ज्ञवाली
 ८ माघ, मसुरीया, दाङ
चितवन मेडिकल कलेजका विद्यार्थी राप्तीमा हेल्थ सर्भिस म्यानेजमेन्ट विषयमा अध्ययन गर्नको लागि  मंगलवार मसुरीया आईपुगेका छन्  ।
उक्त्त विद्यार्थी टोलीले राप्ती गाउँपालिकाका अध्यक्ष  नुमानन्द सुवेदि तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी संग छलफल गरेका छ ।  
राप्ती गाउँपालिकाका क्षेत्रभित्र चितवन मेडिकल कलेज भरतपुर चितवनका यम. वि. वि. यस. चौथो वर्षका १२ विद्यार्थि हेल्थ म्यानेजमेन्ट फिल्ड सर्भिसका लागि आएको टोलीले छलफल गरेका हो  ।  
राप्ती गाउँपालिकाका अध्यक्ष  नुमानन्द सुवेदिले विद्यार्थीभाईबैनिहरुलाई   यस गाउँपालिका क्षेत्रको स्वास्थ्य क्षेत्रको अनुसन्धान तथा अध्ययनमा सहयोग गर्नका लागि स्वास्थ्य शाखा प्रमुख नारायण रावतलाई जिम्मेवारी समेत दिनुभएको छ ।
विद्यार्थीहरुले यहि माघ ८ गतेदेखी माघ २० सम्म यस राप्ती क्षेत्रको  स्वास्थ्यको विभिन्न हेल्थ सर्भिस म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने कार्यक्रम रहेको टोली प्रमुख अमृत खनालले जानकारी दिनुभएको छ ।

 

आर्थिक वर्ष: