FAQs Complain Problems

समाचार

राप्तीमा ३० दिने पलम्वीङ तथा हाउस वाईरीङ तालीम

राप्ती गाउँपालिकाको आयोजनामा ३० दिने पलम्वीङ तथा हाउस वाईरीङ तालीम वडा न. ५ र वडा न. २ मा सुरुगरिएको छ । 

बुधवार संयुत्त रुपमा उद्घाटन गर्दै वडा न. २ मा राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिले राप्ती गाउँपालिका आफ्ना नागरिकलाई स्वरोजगार बनाउन लागीरहेको अवस्थामा युवालाई लक्षित गरि ३० दिने पलम्वीङ तथा हाउस वाईरीङ तालीमको आयोजना गरेकोमा युवाहरुले शिप सिकी दक्ष बन्न लगनशिलभई तालीममा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

राप्ती गाउँपालिका वडा न. २ का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता , प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल तथा कार्यपालिका सदस्य सुनिता मल्लको  विशिष्ठ आर्थित्यतामा सम्पन्न पलम्वीङ तथा हाउस वाईरीङ तालीम उद्घाटन कार्यक्रममा वडा गत रुपमा तालीममा सहभागी ३८ जना युवाहरुले राप्ती गाउँपालिकाले पलम्वीङ तथा हाउस वाईरीङ तालिमको आयोजना गरेकोमा खुसी ब्यत्त गरेका छन् ।

आर्थिक वर्ष: