FAQs Complain Problems

समाचार

राप्तीमा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन ।

तिर्थराज ज्ञवाली बैशाख ६, मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न गरिएको छ ।

राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो जस बमोजिम कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम राप्ती गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्यको म्याद सकिएको हो । फाराम भरेर सकिएको छ अहिले वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गर्न काम भईरहेको राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ । ईकाइ प्रमुख बाल चन्द्र गुरुङका अनुसार रुजु गरिसके पछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने बताउनु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राप्ती गाउँपालिकाको वडा नं १ मा ९ सय, वडा नं २ मा ६ सय ८०, वडा नं ३ मा ७ सय ८०, वडा नं ४ मा ४ सय, वडा नं ५ मा ४ सय २०, वडा नं ६ मा ३ सय ८०, वडा नं ७ मा ३ सय ९०, वडा नं ८ मा २ सय ६० र वडा नं ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष: