FAQs Complain Problems

समाचार

राप्तीमा ६२ औ सहकारी दिवश मनाईयो 

राप्तीमा ६२ औ सहकारी दिवश मनाईयो 
तिर्थराज ज्ञवाली
२० चैत्र मसुरीया(देउखुरी दाङ)

दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकामा ६२ औ सहकारी दिवश मनाईएको छ ।
राप्ती गाउँपालिका आर्थिक विकास समिति संयोजक तारा बहादुर डिसीको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ठ आथित्यतामा आयोजित सहकारी दिवशको कार्यक्रममा  हाम्रो समाज, परिवार, मध्यम वर्ग तथा विपन्न वर्गको विकासका लागि सहकारीले खेलेको भुमीका प्रति कार्यक्रममा बोल्ने बक्ताहरुले खुलेरै प्रसंशा सहित उदाहरण समेत पेश गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी दिवशको अवसरमा जिल्ला सहकारी संघका कोषाध्यक्ष हरि भुसाल, जिल्ला बचत तथा ऋण सहकारीमा कोषाध्यक्ष शिवध्वज मल्ल, जिल्ला बचत संघका रामकृष्ण आचार्य, जिल्ला सहकारी संघका दल बहादुर घर्ति मगर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्जुन अधिकारी, नेपाली काग्रेशका हस्त गुरुङ, राष्ट्रिय जनमोर्चाका केशव खनाल, नागरिक समाजका दामोदर भण्डारी,वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, पत्रकार महेश रिजाल लगाएतका बक्ताहरुले सहकारीका सवल पक्ष तथा दुर्बल पक्षका बारेमा साथै सहकारीले हाम्रो राप्ती क्षेत्रमा गरेका कामका बारेमा समेत विचार ब्यक्त गर्नुभएको थियो ।
दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नारा सहित राप्ती गाउँपालिकामा बुधबार राप्ती गाउँपालिका क्षेत्रमा सेवा दिदै आईरहेका ३८ सहकारीले विशेष झाँकी सहित सहकारीका फाईदाहरुका बारेमा  नारा समेत लगाईएको थिए ।
सहकारी दिवश मनाउने क्रममा  राप्ती क्षेत्रमा रहेका सहकारी विच सहकारी लोकगीत प्रतियोगीताको समेत आयोजना गरिएको थियो । दश सहकारीहरुले सहभागीता जनाएको सहकारी लोकगीत प्रतियोगीतामा सुमधुर लोक भाकामा सहकारीको अवस्था, ब्यवस्था, गुण, फाईदाका बारेमा साथै सहकारीमा आवद्धहुन अनुरोध सहितका गीत प्रस्तुत गरिएको थियो ।
हरियाली साकोस, विहानी साकोस, स्वरोजगार पशु पंक्षि सहकारी, जनजिवीका साकोस, लालमटिया तथा सिसहनिया साना किसान सहकारी, महाप्रभु साकोस, भृकुटि साकोस, ईच्छुक स्मृती कृषि सहकारी, हाम्रो बचत साकोसको सहकारी गीत प्रतियोगीतामा सहभागीता रहेको थियो ।
सहकारी दिवशको अवसरमा आयोजित लोक गीत प्रतियोगीतामा ईच्छुक स्मृति कृषि सहकारी प्रथम, महाप्रभु साकोस द्धुतिय, स्वरोजगारी पशु पंक्षि विकास कृषि सहकारी कृतिय र हरियाली  साकोस सान्तवना स्थान प्राप्त गरेको छ । 
राप्ती क्षेत्रमा  विभिन्न उदेश्यका साथ ३८ सहकारीले कार्य गरिरहेको राप्ती गाउँपालिका आर्थिक विकास तथा सहकारी शाखाका सदस्य सचिव दयाराम चौधरीले जानकारी दिनुभएको छ । 
राप्ती क्षेत्रमा समय साकोस, शिवगढी साकोस, जिवन ज्योति साकोस,  जनजिवीका साकोस, अमृत जनस्वास्थ्य सहकारी, महाप्रभु साकोस, पुनर्मिलन साकोस, इच्छुक स्मृति कृषि सहकारी, स्वार्गद्धारी गा्रमीण विधुत सहकारी, संकल्प पशुपंक्षी सहकारी, देउखुरी कषि सहकारी, लालमटिया सानाकिसान कृषि सहकारी, भृकुटी महिला विकास साकोस, लालमटिया सहकारी, लोक कल्याणकारी बहुउदेश्य सहकारी, नयाँ समाज कृषि सहकारी, हाम्रो  साकोस, सर्वहित साकोस, स्वरोजगारी पशुपंक्षी विकास संहकारी, मिलापकषि सहकारी संहकारी, देवी कृषि सहकारी, उब्जाउ महिला कृषि सहकारी, हरियाली साकोस, विहानी साकोस, प्रभात साकोस, सिसहानिया सहकारी, देउकी कृषि सहकारी, जनप्रिय उपभोक्ता सहकारी, बगर कषि सहकारी, छिमेकी कृषि सहकारी, जनसेवा दुग्ध उत्पादक सहकारी, सिसहानिया लालमटिया सहकारी ,नवप्रतिभा कृषि सहकारी, पौरखी कृषि सहकारी, सेवक कृषि सहकारी, जय गुरुबाबा कृषि सहकारी, लक्ष्मी महिलाविकास साकोस, भद्राक्षी पशुपालन सहकारी रहेका छन् ।

आर्थिक वर्ष: