FAQs Complain Problems

समाचार

राप्ती कार्यपालिका बैठक ः प्रदेश सरकारबाट सम्वोधन हुनेगरि योजनाहरुको माग 

राप्ती कार्यपालिका बैठक ः प्रदेश सरकारबाट सम्वोधन हुनेगरि योजनाहरुको माग 

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को २१ औ बैठक मंगलवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण प्रस्तावहरुमा ब्यापक छलफल गरि निर्णय गरिएको छ ।  
बैठकले आर्थिक वर्ष २०७६। ०७७ मा प्रदेश सरकारबाट सम्वोधन हुनेगरि योजनाहरुको माग गर्ने निर्णय गरेको छ ।
बैठकले भालुवाङ नगर विकास समितिको रिक्त्त पदमा नगर विकास कार्यविधि अनुसार पद पुर्ति गर्ने, राप्ती गाउँपालिकाको पाँचौ गाउँसभा आगामी जेष्ठ ५ देखी सुरु गर्ने,आगामी वर्षको योजना तथा कार्यक्रमहरु वडा गत रुपमा टोल टोल बाट छनौट गर्न आगामी जेष्ठ १५ सम्म वडा समितिलाई निर्देशन गर्ने, आर्थिक वर्ष २०७४।७५ को आर्थिक वार्षिक लेखा परिक्षा प्रतिवेदन अध्यन गरि सुझाव तथा अवस्थाको विषयमा मनन गरिएको, समृद्ध तराई मधेश कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्षको लागि वडा गत रुपमा योजना माग गर्ने निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रवत्ता विद्याशरण चौधरीले बताउनु भएको छ ।
बैठकमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा तथा लेखा अधिकृत धन प्रसाद शर्माको सहभागीता रहेको थियो ।
  

तिर्थराज ज्ञवाली 
बैशाख २४,मसुरीया(देउखुरी दाङ)

  
 

आर्थिक वर्ष: