FAQs Complain Problems

समाचार

राप्ती को तेस्रो गाउँसभा सम्पन्न, स्वास्थ्य  शिक्षा कृषि पर्यटन र पुर्वाधार समृद्ध राप्ती गाउँपालिकाको आधार भन्ने मुल मन्त्रलाई आत्मसाथ गरि कार्य गरिने 

राप्ती को तेस्रो गाउँसभा सम्पन्न, स्वास्थ्य  शिक्षा कृषि पर्यटन र पुर्वाधार समृद्ध राप्ती गाउँपालिकाको आधार भन्ने मुल मन्त्रलाई आत्मसाथ गरि कार्य गरिने 

तिर्थराज ज्ञवाली

श्रावण ७, मसुरीया( दाङ)

स्वास्थ्य  शिक्षा कृषि पर्यटन र पुर्वाधार समृद्ध राप्ती गाउँपालिकाको आधार भन्ने मुल मन्त्रका साथ कार्य गर्दै राप्ती वासी नागरिकको समुन्नत विकासमा जोड दिने निणय गर्दै राप्ती गाउँपालिकाको तेस्रो गाउँसभा सोमवार सम्पन्न भएको छ ।

गत असार १० गतेदेखी सुरु भएको राप्ती गाउँपालिकाको तेस्रो गाउँसभा तिन पटक बैठक बसी राप्ती गाउँपालिकाको विकास र समृद्धिका लागि महत्वपुर्ण निर्णयका साथ सम्पुर्ण प्रस्तावहरु सर्ब सम्मत रुपमा पारित गर्दै सोमवार सम्पन्न भएको हो ।

राप्ती गाउँपालिको तेस्रो गाउँसभाले  आर्थिक विधेयक तथा विनियोजन विधेयक २०७५।७६, संघ संस्था दर्ता सम्वन्धि विधेयक २०७५।७६, कृषि ब्यवसाय प्रबद्धन सम्वन्धि विधेयक २०७५।७६, न्यायीक समिति संञ्चालन सम्वन्धि कार्यविधी विधेयक २०७५।७६ सर्बसम्वतले पारित गरेको छ ।

राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷२०७६ का लागि ४२ करोड भन्दा बढी बजेट सहित तेस्रो गाउँसभा मार्फत आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रस्तुत गरेको निति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा भौतिक तथा पुर्वाधार बिकास कार्यक्रम परेको छ । भौतिक पुर्वाधार बिकास गर्दा राप्ती गाउँपालिका भित्र चक्रपथ, प्रमुख २ नदीहरुमा पक्की पुल, विभिन्न गाउँ जोड्ने सडक कालोपत्रे गर्ने निति लिइने उल्लेख गरिएको छ । त्यसै गरी दोस्रो प्राथामिकतामा सामाजिक विकासलाई अगाडी सारेको छ । जसमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई अगाडी सारेको छ भने तेस्रो प्राथामिकतामा आर्थिक संवाहकहरुमा कृषि,उद्योग,पर्यटन,ब्यापार बित्त तथा सहकारी लगायतका क्षेत्रलाई समेटेको छ । त्यसै गरी विपद व्यवस्थापक र संस्थागत विकास सुशासन तथा सेवा प्रवाहलाई पनि जोडेको छ ।

तेस्रो गाउँसभा समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिले जनताको सेवाका लागि  आएका सबै जगप्रतिनिधिले गत बर्ष भन्दा अझ नागरिकलाई सहयोग र सजिलोहुने गरि कार्यगर्न सबै जगप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । अध्यक्ष सुवेदिले एक वर्षको यो जनप्रतिनिधिको कार्यलाई नागरिक तथा कर्मचारीले सहज तवरले पुरा गर्न साथ सल्लाह र सहयोग गरेकोमा आगामी दिनमा थप साथ सल्लाह र सहयोगको आशा राख्नुभएको छ ।

तेस्रो गाउँसभाले गाउँसभा सदस्य तथा वडा न. ४ का वडा सदस्य बिश्वपति चौधरीको असामयीक निधन प्रति दुःख ब्यत्ति गदै स्वर्गीय बिश्वपति चौधरीको परिवारलाई किरीया खर्च वापत आर्थिक सहयोग समेत गरेको छ ।

आर्थिक वर्ष: