FAQs Complain Problems

समाचार

राप्ती को २ नं वडामा खेलकुद प्रतियोगीता सुरु

राप्ती को २ नं वडामा खेलकुद प्रतियोगीता सुरु

२५ पौष, मसुरीया(दाङ)

राप्ती गाउँपालिका वडा नं २ मा वडा स्तरिय खेलकुद प्रतियोगीता बुधवारदेखी सुरु भएको छ ।

राप्ती गाउँपालिका वडा नं २ को यस आर्थिक वर्ष २०७५।०७६को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत वडा स्तरिय खेलकुद प्रतियोगीता कार्यक्रम सुरु भएको हो ।

फुटवल, ब्याडमीन्टन र क्रिकेट खेल सञ्चालन भैरहेको र यस खेलको आयोजनाले स्थानिय खेलाडीहरको प्रतिभा प्रस्फुटन हुनेहुदा कार्यक्रमको आयोजना गरिएको वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिनुभएको छ ।

बुधवार विहान वडा स्तरिय खेलकुद कार्यक्रमको  उद्घाटन गदै राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले युवा तथा खेल प्रेमीहरुलाई खेल प्रतिको रुचिको विकास गर्न र दक्ष खेलाडिको पहिचान एवं  नराम्रा खराव लत बाट टाढा गराउन समेत खेल कुद आवस्यक रहेको बताउनुभएको छ ।

राप्ती गाउँपालिका वडा नं २  का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता, राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता एवं  उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ठ आथित्यतामा खेलकुद कार्यक्रम सुरु भएको हो ।

आगामी  पौष ३० सम्म चल्ने प्रतियोगीतामा विजेता टिमलाई नगद तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

आर्थिक वर्ष: