FAQs Complain Problems

राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को निति तथा कार्यक्रमको पुर्ण पाठ

राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को निति तथा कार्यक्रम

नेपालको संविधान २०७२ को जगमा उभिएर राप्ती गाउँपालिकाको मुहार फेर्ने समृद्धिको यो गौरवशाली अभियानमा प्रत्येक्षरुपमा खट्नुहुने तपाईहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । जनताको लामो समयको त्याग, तपस्या, संघर्ष र वलिदानीको फलस्वरुप नेपालले नयाँ संविधान प्राप्त गर्यो । त्यही संविधानले जनतालाई अधिकार सम्पन्न गराउन संघीय शासन व्यवस्थाको सुनिष्चितता गर्यो । संविधानको सोही फराकिलो व्यवस्था अनुरुप हामीले आज यसरी आफ्नै गाउँठाउँमा सरकार सञ्चालनको अभ्यास गर्ने सुनौलो अवसर प्राप्त गरेका छौँ । राज्यका तीनवटै अङ्ग व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको अभ्यासले निश्चित रुपमा जनतालाई अधिकार सम्पन्न बनाएको छ र, आफ्नो शासन आफैँ सञ्चालन गर्ने अवसर प्रदान गरेको छ । यसक्रममा राजनैतिक आर्थिक वित्तीय तथा प्रशासकीय स्वायत्तताको माध्यमद्वारा जनताका लागि आफ्नो आवश्यकता र अधिकारको पैरवी गर्ने उपयुक्त थलोका रुपमा स्थानीय तह प्राप्त भएको छ । मुलुकको संघीय संरचना र स्थानीय तह निर्वाचन पछिको राप्ती गाउँपालिकाको पाँचौ गरिमामय यस सभामा आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम पेश गर्न पाउँदा आफूलाई निकै गौरवान्वित महसुस गरेको छु ।
विभिन्न कालखण्डमा भएका अनेक संघर्ष आन्दोलन र वलिदानीको माध्यमद्वारा मुलुकलाई आजको यो अवस्थासम्म ल्याई पुर्याउनु हुने सम्पूर्ण आदरणीय ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली एवं सम्मान अर्पण गर्दछु ।
नेपालको संविधान २०७२, नेपालको चालू आवधिक योजना, स्थानीय तहको कार्य विस्तृतीकरण, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राप्ती गाउँपालिकाको शासन सञ्चालन गर्न गाउँपालिका आफैले तयार पारेका कानुनहरु, स्थानीय तहको बजेट तर्जुमा सम्बन्धी दिग्दर्शन राप्ती गाउँपालिकाका जनताको अपेक्षा र सपना, राप्ती गाउँपालिकाको भूगोल र अवस्थिति यहाँको मौलिक चरित्र र निर्वाचनका क्रममा व्यक्त भएका प्रतिवद्धता समेतका आधारमा यस आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारिएको छ ।
पर्याप्त स्रोत साधन हुँदाहुँदै पनि विविध कारणले पछाडि परेको यो गाउँपालिकालाई समृद्धिको दिशातर्फ उन्मुख गराउने यो हाम्रो अभियानमा सम्पूर्ण राप्तीवासी जनताहरुको साथ, सहयोग र हौसला रहिरहनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ । पर्याप्त वन क्षेत्र, दक्षिण तर्फको सीमाना भएर बग्ने राप्ती नदी उत्तरबाट दक्षिण तर्फ भएर बग्ने हाम्रा अन्य खोलानाला, उब्जाउ र मलिलो खेतियोग्य जमिन, राप्तीवासीको श्रमप्रतिको उच्च सम्मानभाव हाम्रो गाउँपालिकाका महत्वपूर्ण पूँजी हुन् । हिजोका दिनमा हामीले यी स्रोत साधनको फाइदा लिन सकेनौँ । अवका दिनमा राप्ती गाउँपालिका यिनै स्रोत साधनको पर्याप्त उपयोगको माध्यमद्वारा समृद्धिको अभियानमा जुट्ने विश्वास दिलाउन चाहन्छु । राप्ती गाउँपालिकाको लक्ष्यमार्फत समृद्ध राप्ती बनाउनका निम्न नीति अवलम्वन गरिनेछ । 
आर्थिक विकास
कृषि 
१. कृषि क्षेत्रलाई आधुनिकिकरण ,व्यवसायीकरण गरी रोजगारी र आय वृद्बि गरी राप्ती गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाइनेछ ।
२. अर्गा्निक खेतीमा जोड दिई विस्तारै बिषादि मुक्त क्षेत्र बनाइनेछ ।
३. कृषक समुह ,फर्म तथा सहकारीमा आवद्ब ,व्यवसायी कृषकहरुलाई उन्नत विऊ विजन ,फलफुल विरुवा ,च्याउँको विऊ ,कृषि औजार आदिमा अनुदान दिई प्रोत्साहन गरिनेछ ।
४. यस राप्ती गाउँपालिका को राप्ती नदिको किनारमा खेर गइराखेको जमिनमा बगर खेती गरी जमिनको सदुपयोग गरिनेछ ।
५. कृषि प्रसारको माध्यमबाट कृषि पेशालाई सम्मानित र आर्कषक बनाई कृषिमा निजिक्षेत्रको लगानी प्रोत्साहन गरिनेछ ।
६. दुर्गम र पिछडिएका बस्तीमा बेमौसमी तरकारी खेतीमा प्रोत्साहन गरी आयस्तर बढाई जिवन स्तरोन्नती गरिनेछ ।
७. यस गाउँपालिका भित्रको विभिन्न स्थानमा माटो परिक्षण गराई माटो सुधारको कार्यक्रम संचालन गरिनेछ ।
८. सिचाई प्रणालीमा कृषकहरुलाइ राहत र सुविधा प्रदान गरिनेछ ।
९. पशुपन्छीपालनलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने पशुपन्छीको नश्ल सुधार , पौष्टिक दाना र आहराको ब्यवस्था पशुपन्छी स्वास्थ सेवा एवम उत्पादित पशुजन्य पदार्थको बजारीकरण यी चार पक्षलाई समानन्तर रुपमा अघि बढाई एकीकृत रुपमा सेवा प्रदान गर्ने गरि कार्यक्रम आयोजनाहरु तर्जुमा गरि संचालन गरिनेछ । 
१०. राप्ति गाउँपालिकालाई क्रमस स् अण्डा ,दुध र मासुमा आत्मनिर्भर बनाउन अगामीआ।व।०७६र०७७ मा पशुपन्छीपालन क्षेत्रलाई व्यवसायीकरण गर्ने निती अवलम्वन गरिनेछ ।
सहकारी नीति

१. राप्ती गाँउपालिका भित्र भएका सहकारीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी दिवस तथा सहकारी शिक्षा तथा अनुगमन मुल्यांकन गराई सहकारी विकासमा प्रर्वधन गर्ने निति अवलम्बन गरिनेछ ।
२. सहकारी मार्फत कृषि ब्यवसायिकरण गर्ने नितिलाई प्राथामिकता दिइनेछ ।
३. एकै प्रकृतिका सहकारीका दोहोरो सदस्यता हटाउनको लागि गोष्ठी तथा सभा संचालन गर्ने अवलम्बन गरिनेछ ।
उद्योग तथा वाणिज्य नीति
१ राप्ती गाँउपालिकाको सौन्दर्यता र स्वच्छता राख्ने अटो भिलेज निर्माण गर्ने आवाधारणलाई अगाडी बढाइनेछ ।,
२ राप्ती गाँउपालिका भित्रका बजार क्षेत्रमा जैविक तथा अजैविक फोहोरमैला ब्यवस्थापनमा कार्यक्रम संचालन गरिनेछ । 
३. राप्ती गाँउपालिकाभित्रका बासिन्दाहरुलाई आत्मनिर्भर बनाउन साना तथा घरेलु उद्योगहरु संचालन गर्न बिशेष प्राथमिकता दिइनेछ ।
४. राप्तीगाउँपालिकाभित्र सिटीहल र हाटबजार निर्माणको लागि संम्भाब्यता अध्ययन गरि स्थलको छनौट गरिनेछ ।
संस्कृति तथा पर्यटन प्रवर्धन
१. पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटकीय पुर्वाधारहरुको निर्माण गर्दै लैजाने नीति लिइएको छ ।
२ यस क्षेत्रमा रहेको धार्मिक तथापर्यटकीय स्थलहरु खडकेश्वरी मन्दिर ,हर्सेडाडा, देवाीकोट मन्दिर ,र देवीकोट मस्जीद खौराह बाबा मन्दिर ,र बसन्तापुरको स्विजरल्याण्ड पार्क निर्माणको ब्यस्थापनको लागि निरन्तरता दिइनेछ । 
३ राप्ती गाँउपालिका भित्र संस्कृति तथा पर्यटन बिकास गर्न संचालनमा रहेको बगरापुर, बगाहसोती र स्यानीघोस ब्यावस्थापन कार्यलाई निरन्तरता दिइनेछ ।
४ राप्ती गाँउपालिकाभित्रहरुलाई यातायातको सहजता तथा पर्यटन बिकासको लागि डोमेस्टीक एयरपोर्टको संभाब्यता अध्ययन गरिनेछ ।
५ गुरुड्ड समुदायको सांस्कृतिक केन्द्रको रुपमा रहेका वार्ड नं। ८ को श्रीनगरमा बौद्ध गुम्बा निर्माणको लागि आवश्यक कार्य थालिने छ ।
६ राप्ती नदीमा ¥याफ्टीङ र वोटिङको लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडी बढाईनेछ । 
सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद क्षेत्रको नीति

शिक्षा मानव संशाधन विकासको मूल आधार हो । शिक्षा विकासको पूर्वाधार हो । शिक्षा प्रत्येक व्यक्तिको जीवन प्रयत्न आवश्यकताको अति संवेदनशिल र विशिष्ट पक्ष हो । यस सन्दर्भमा आगामी आर्थिक वर्ष २०७६र७७ को लागि शिक्षा युवा तथा खेलकुद क्षेत्रका नीति तथा कार्यक्रम निम्नानुसार रहनेछनः 
१ विद्यालय शिक्षामा पहुँच तथा गुणस्तर अभिवृद्धि 
क. विद्यालय उमेर समूहका प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको सुनिश्चतता प्रदान गरिनेछ । प्रत्येक नागरिकलाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा क्रमशः निशुल्क प्रदान गर्ने मूख्य नीतिको रुपमा लिइनेछ । 
ख. बालमैत्री विद्यालयको अवधारणालाई क्रमश अवलम्बन गरिनेछ । सामुदायिक विद्यालयहरुको सुधारका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ । 
ग. अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानून बमोजिम शिक्षा पाउने कार्यलाई निरन्तरता दिइनेछ । मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्न र सञ्चालन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ । 
२ शैक्षिक गुणस्तर सुशासन अभिवृद्धिः
क. यस वर्ष शिक्षा सम्बन्धी कानूनहरुको तर्जुमा गरिनेछ ।
ख. गाउँपालिकास्तरिय शैक्षिक सम्मेलन आयोजना गरिनेछ ।
ग. विद्यालयका प्रधानाध्यापकहरुसँग कार्य सम्पादन करार गरिनेछ ।
घ. संस्थागत विद्यालयहरुको नियमन तथा व्यवस्थापकीय पक्षहरुसँग छलफल अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ङ. सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि विषयगत तालिमको व्यवस्था गरिनेछ । बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । 
च. विद्यालयको लेखा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिमको व्यवस्था गरिनेछ । 
छ. शैक्षिक भौतिक तथा व्यवस्थापकिय दृष्टिकोणले उत्कृष्ट विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गरिनेछ ।
३ शिक्षक र विधार्थीलाई विद्यालयमा टिकाउने नीति स्
क. विषयगत उपलब्धी तथा कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षक, विधार्थी र अभिभावकलाई पुरस्कृत गरिनेछ भने विद्यालयमा अनियमित हुने तथा आचरण विपरितका कार्य गर्ने शिक्षक उपर विभागीय कारबाही गरिनेछ । 
ख. विद्यालयहरुमा विज्ञान शिक्षकको अभावलाई हटाउन एकमुष्ट शिक्षक अनुदानको व्यवस्था गरिनेछ । 
ग. यूवा तथा विधार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन गाउँपालिका स्तरिय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ । खेलकुद कार्यक्रमहरु सञ्चालन गरिनेछ । 
घ. यस गाउँपालिकाको वार्ड नं। ७ मा निर्माण कार्य प्रारम्भ भएको गाउँपालिका स्तरीय खेलकुद मैदानलाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा राखी यथाशिघ्र सम्पन्न गरिनेछ । 
ङ. तोकिएको क्षेत्रका विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ ।
४ परीक्षा तथा मुल्याङ्कन
क. आधारभुत तहको परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
५ शैक्षिक प्रविधि तथा सिकाई
क. कक्षाकोठामा सूचना प्रविधिको प्रयोग मार्फत कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । सामुदायिक सिकाई केन्द्रमा पुस्तकालयको व्यवस्था गरिनेछ ।
६ विद्यालयको भौतिक पक्षको विकास स्
ड्ड विद्यालय भवन तथा शौचालयको निर्माण र मर्मत गरिनेछ । विद्यालयहरुलाई सुरक्षित बनाउन विद्यालय क्षेत्रमा कम्पाउडवाल तथा तारबारको व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
७ शिक्षामा समन्वय
क. विद्यालय शिक्षालाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न पक्षसँग आवश्यक समन्वय गरी कार्य सञ्चालन गरिनेछ ।
ख. बाल कलाकारहरु द्धारा निर्मित चित्रकला तथा हस्तकलाको प्रवर्द्धन तथा प्रोत्साहन गर्नको लागी विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गरिनेछ । 
स्वास्थ्य नीति
१. प्राथमिक स्वास्थ्य सेवाजनताको मौलिक अधिकार भएकोले विभिन्न उपचारात्मक, प्रवर्धनात्मक र प्रतिकारात्मक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरी गुणस्तरीय सेवा प्रदानमा जोड दिइनेछ 
२. यस.बि. ए.तालिम प्राप्त स्वास्थ्य कर्मिबाट गर्भ जाँच र स्वास्थ्य संस्थामा प्रसुति गराउन जोड दिई सुन्य होम डेलिभरी वडा घोषणा गर्दै जाने कार्यक्रमलाई निरन्तरता दिइनेछ र कुनै एउटा वडालाई चालु आ।व।मा शुन्य होमडेलिभरी वडा घोषणा गरिनेछ ।
३. स्वास्थ्य संस्थाको निःशुल्क औषधि उपचारका लागी सुचिकृत औषधिहरुको अभाव हुन नदिने व्यवस्था मिलाईनेछ ।
४. दुर्गम पहाडी क्षेत्र र स्वास्थ्य संस्थाको पहुंच नपुगेका वडाहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले स्थापना भएका सामुदायीक स्वास्थ्य इकाईहरुलाई अझै प्रभावकारी रुपमा सेवा प्रवाहलाई जोड दिईनेछ ।
५. निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिक, गाउं३र क्लिनिकलाई थप प्रभावकारी रुपमा संचालन गरी स्वास्थ्य सुचकमा बृद्धी गरिनेछ र पुर्ण खोपलाई निरन्तरता दिइनेछ ।
६. गाउंपालिका भित्र बढ्दो क्रममा रहेको क्षयरोग प्रकोपलाई नियन्त्रण क्षयरोग मैत्री कार्यक्रम र सामुदायिक डट्स कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७. एच.आइ. भि. एड्स, औलो, झाडापखाला, निमोनिया, कुष्ठरोग, हात्तिपाइले जस्ता सरुवारोग तथा नसर्ने रोग, किशोरकिशोरी प्रजनन् स्वास्थ्य , बाल स्वास्थ्य, परिवार नियोजन, बाताबरणीय सरसफाई सम्बन्धी चेतना मुलक कार्यक्रमहरु संचालन तथा प्रशारण गरी समुदायको स्वास्थ्य स्थितिमा सुधार गरिनेछ ।
८. महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य आमा समुहको कार्यलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्य आमा समुहलाई प्रोत्साहन गरिनेछ ।
९. परिवार नियोजनको साधन प्रयोग दर बढाउन महिला स्वास्थ्य स्वयं सेविका, संघ संस्था र सरोकारवाला निकायहरु बिच अभिमुखिकरण कार्यक्रम संचालन गरी अभिलेख, प्रतिवेदनलाई व्यवस्थित गरिनेछ ।
१०. गाउंपालिका अन्तरगतका सबै स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य इकाईहरुको कार्य प्रगतिको अभिलेख व्यवस्थित गरी अनलाईन प्रतिवेदनगर्ने व्यवस्था मिलाईनेछ ।
११ सम्पुर्ण बालबालिकाहरुको उमेर अनुसारको पोषण बारे जानकारी पाउन बृद्धी अनुगमन गरी उनीहरुलाई बालटिा, भिटामिन ए, जुकाको औषधि आवश्यकता अनुसार वितरण गर्ने र लक्षित समुहलाई अभिमुखिकरण गर्ने कार्यलाई निरन्तरता दिईनेछ । साथै सुआहारा २ मार्फत संचालित पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१२. गाउंपालिकाको लक्षित जनसंख्यातथा स्वास्थ्य सुचक लगायत स्वास्थ्य अवस्थाको जानकारीका लागी स्वास्थ्य सर्भेक्षण गरिनेछ ।
१३. मानसिक स्वास्थ्य अन्तरगत मनोविमर्श सेवा तथा मानसिक स्वास्थ्य प्रबर्धन कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१४. एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्सहरुको भाडा दरमा एक रुपता ल्याई गाउंपालिका क्षेत्र भित्रका सरकारी स्वास्थ्य संस्था द्धारा संचालित एम्बुलेन्सलाई सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउंदा एम्बुलेन्स भाडा छुटको व्यवस्था गरिनेछ ।
१५ स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको नियमित रुपमा अनुगमन तथा मुल्यांकन गरिनेछ ।
१६. निजी स्तरमा संचालित स्वास्थ्य संस्था तथा औषधि पसलहरुको नियमन तथा अनुगमन गरी व्यवस्थित गरिनेछ ।
१७ स्वास्थ्य संस्था स्तरको स्टाफमिटि, व्यवस्थापन समितिको मासिक बैठक र गाउंपालिका स्तरको मासिक, अर्धबार्षिक र बार्षिक समिक्षा बैठकहरु नियमित रुपमा संचालन गरी स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाइनेछ ।
१८. स्वास्थ्य संस्थाहरुको स्तर उन्नतिको पहललाई निरनतरता दिइनेछ ।
१९ स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीको चापको आधारमा कर्मचारीहरुको व्यवस्थापन गरिनेछ । साथै कर्मचारीहरुको क्षमता अभिबृद्धीको कार्यक्रम ल्याईने । 
खानेपानी तथा सरसफाई
१. शुद्ध पिउने पानीको उपलब्धता सुनिश्चित गर्न आगामी आव मा गाउँपालिका क्षेत्रभित्रका स्थापना भई सञ्चालनमा रहेका संघ संस्थाहरुमा पानी शुद्धिकरणका लागि आवश्यक सामान खरिदमा सहुलियत प्रदान गरिनेछ ।
२. खानेपानीको सुविधा नपुगेका वडा तथा वस्तिहरुमा खानेपानी सुविधा उपलब्ध गराउन जोड दिईनेछ ।
३. फोहर व्यवस्थापन गर्न चालु आ व मा ल्याडफिल्ड साइट फोहोर प्रशोधन केन्द्र निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।
४. एक पसल एक डस्टविनको अवधारणा अवलम्वन गरी फोहोर मैला व्यवस्थापनमा जोड दिईनेछ ।
५. फोहर व्यवस्थापनका लागि फोहरको वर्गिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिनेछ 
६. आगामी पाँच वर्षमा यस गाउंपालिकालाई प्लाष्टिक झोला मुक्त गाउंपालिका घोषणा गरिनेछ 
७. खानेपानीका मूहान, जलाधार क्षेत्र पहिचान गरि सरसफाई, संरक्षण र सदुपयोग गरिनेछ ।
८. गाउँपालिका क्षेत्रभित्रको फोहोरमैला व्यवस्थापनको लागि कार्यदल बनाई ल्याण्डफिल्ड साईडको खोज गरी आगामी आर्थिक वर्षमा डिपीआरको कार्य सम्पन्न गरि फोहोरमैला व्यवस्थापन कार्य अगाडी बढाईनेछ । 
९. गाउँपालिका भित्रको फोहोरमैला व्यवस्थापन गर्न र व्यवस्थित अटो भिलेजको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाईनेछ । 
लैंगिक समानता सामाजिक समावेशिकरण नीति
१. लिङ्गका आधारमा र जातिय आधारमा हुने सबै प्रकारका विभेदहरुलाई क्रमश न्यूनिकरण गर्दै आगामी पाँच वर्ष भित्र यस गाउंपालिकालाई सबै प्रकारका विभेदहरु मुक्त गाउंपालिका घोषणा गरिनेछ ।
२. समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको आधारमा सबै वर्ग र क्षेत्रको अवसर र पहुँच स्थापित गर्न गाउँपालिकाभित्रका सबै संस्थागत संयन्त्रहरुमा त्यस्ता वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
३. ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई युवा पुस्तामा हस्तान्तरण गर्न विभिन्न अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिनेछ ।
४. ज्येष्ठ नागरिकहरुको आत्मसम्मान कायम गर्न निश्चित मापदण्डका आधारमा सम्मान गरिनेछ ।
५. महिला तथा बालवालिका सम्बन्धी कार्यक्रम संचालनमा रकम अभाव हुन नदिन महिला तथा बालबालिका कोषमा पर्याप्त रकमको ब्यवस्था मिलाईनेछ ।
६. गाउंपालिका क्षेत्रभित्र निर्माण भएका र निर्माण गरिने सवै सरकारी तथा सामुदायिक संरचनाहरु किशोरी मैत्री, अपांग मैत्री, वातावरण मैत्री, लैंगिक मैत्री र वाल मैत्री बनाउन जोड दिईनेछ ।
७. सडक क्षेत्र र सार्वजनिक क्षेत्रमा जथाभावी वस्तुभाउ राख्न र छोड्न निरुत्साहित गर्ने नीति अवलम्वन गरिनेछ ।
पूर्वाधार विकास
१. गाउँपालिकाभित्र सडकहरुको विकासलाई व्यवस्थित गर्न तयार गरिएको राप्ती गाउँपालिका सडक गुरुयोजनामा भएको मापदण्ड पूर्ण रुपमा लागु गरिनेछ । 
२. गाउँपालिका भित्र राप्ती चक्रपथ निर्माण कार्यका लागि चालु आवमा भएको ट्रयाक खोल्ने कार्यको आगामी आवमा निरन्तरता दिइनेछ ।
३. मौरीघाट देविकोट सडक निर्माण,लगायत गाउँपालिका स्तरका ६ वटा वाटोहरुलाई निर्माणको काम यस बर्ष प्राथमिकताका साथ योजना बनाई कार्यान्वयन गरिनेछ ।
४ .राप्ती गाउँपालिका मा रहेका सम्पुर्ण खेतियोग्य जमिनमा सिचाई सेवा र्पुयाउन पुराना बोरीङहरुको मर्मत सुधार, प्रगन्ना सिचाई आयोजनाको नहरवाट खेतियोग्य जमिन सम्मका सिंचाई नहरहरु निर्माण गर्न पहल गरिनेछ ।
५. भवन निर्माण कार्यलाई ब्यवस्थीत बनाउन नेपाल सरकार शहरी विकास मन्त्रायबाट स्वीकृत “बस्तीविकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७२”कार्यान्यनमा ल्याईनेछ ।
६. विद्युत नपुगेको बस्तीहरुमा विद्युत विस्तार कार्यलाई प्राथमिकता दिईनेछ ।
७. आम नागरिकहरुमा सूचना तथा संचारको पहुँच बढाउन विशेष ब्यवस्था गरिनेछ ।
८ .राप्ती गाउंपालिकाको आवाधिक योजना तर्जुमा गरि कार्यन्यनमा ल्याईनेछ र आगामी आवदेखि सो योजनामा समावेश भएका योजनाहरु प्राथमिकताका आधारमा बजेट विनियोजन र कार्यान्वयनमा जोड दिइनेछ ।
९. राप्ती चक्रपथलाई स्थानीय गौरवको आयोजनाको रुपमा पहिचान गरि कार्यान्यन गरिनेछ र यसलाई बहुवर्षिय योजनाको रुपमा विकास गरिनेछ ।
१०. पुर्वधार विकासलाई दीगो बनाउन र विकास योजनाप्रति जनताको अपनत्ववोध गराउन कम्तिमा ज्ञछ प्रतिशत श्रममा आधारित जनसहभागिता अनिवार्य गरिनेछ । 
११. गाउंपालिका मार्फत संचालन भएका योजनाहरुको मर्मत सम्भार गर्न उपभोक्ता समितिहरुलाई जवाफदेही वनाइनेछ र मर्मत सम्भार कार्यमा रकम अभावहुन नदिन मर्मत सम्भार कोष स्थापना गरी कार्यान्वयनमा ल्याईनेछ ।
१२. योजना तथा कार्यक्रमहरुको प्राथमिकता निर्धारण गरी आगामी आव देखि सोहि प्राथमिकताका आधारमा योजना छनौट गर्ने पद्धतीको विकास गरिनेछ ।
१३. आगामी पाँच वर्षमा सबै खेति योग्य जमिनमा सिचाई सुविधा उपलब्ध गराउन विशेष पहल गरिनेछ
१४. प्रगन्ना सिंचाई आयोजनाको नहरबाट लघु जलविद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न पहल गरिनेछ ।
१५. श्रीनारायण चोकदेखि उत्तरतिरको दोलाई खोला र पिपरी देखि कोहलुवा जुडपानी जाने दोलाई खोलाको पुलको लागि डीपीआरको कार्य अगाडी बढाईनेछ ।
वातावरण तथा विपद व्यवस्थापन
१. हरियाली प्रवद्र्धन गर्न चालु आव मा राप्ती नदिको तटवन्धको उत्तर तर्फ वृक्षा रोपण गरिनेछ ।
२.राप्ती गाउंपालिकालाई हरित गाउंपालिकाको रुपमा विकास गर्न प्रत्येक घरधनीले कम्पाउण्ड भित्र कम्तीमा वटा बहुबर्षे रुख वा फलफुल जातका वृक्षहरु रोप्ने अभियान संचालन गरिनेछ ।
३.व्यक्तिगत हक भोगमा रहेको खेति योग्य जमिनको सिमानामा फलफुल तथा वृक्षारोपन गर्दा छिमेकिलाई असर पुग्ने हुँदा कम्तिमा ४ मिटर जमिन छोडि वृक्षा रोपन गर्नुपर्ने व्यवस्था गरिनेछ ।
४. सरकारी तथा सामुदायिक वन संरक्षणको लागि नियमन गरिनेछ ।
५.राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापनको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
६. उदार तथा राहतका कार्यक्रम सञ्चालनमा रकम अभाव हुन नदिन आगामी आवमा प्रकोप व्यवस्थापन कोषको स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
७. गाउंपालिका स्तरमा सरोकारवाला निकायहरुको संलग्नतामा स्थानीय तह प्रकोप व्यवस्थापन समिति र वडामा वडा स्तरिय प्रकोप व्यवस्थापन समिति गठन गरि क्रियाशिल गराईनेछ ।
८. बाढी, पहिरो,नदी कटानको जोखिम न्युनिकरणका लागि तटबन्ध निर्माण कार्यका लागि पहल गरिनेछ ।
९. विपदमा उद्दारका लागी एक वडा एक खुल्ला एवं सुरक्षित क्षेत्र पहिचान गरिनेछ ।
१०. सवारी साधनहरु मापदण्ड अनुसार पुराना चलाउन नमिल्ने साधनहरु प्रयोगमा निषेध गर्न आवश्यक पहल गरिनेछ । ध्वनी प्रदुषण हुने कार्यक्रम संचालनलाई निरुत्साहित गरिनेछ ।
११. विपदको समयमा उद्दारकालागि आश्रयस्थल, सार्वजनिक भवन, हेलिप्याड, वारुणयन्त्र, एम्वुलेन्सको व्यवस्थाका लागि पहल गरिनेछ ।
१२. नदिजन्य पदार्थको उपयोगलाई व्यवस्थित र सुरक्षित प्रयोग गरिनेछ ।
संस्थागत विकास तथा सुशासन
१. संघियताको मर्म अनुरुप स्थानीय तहको कार्यालय तथा विषयगत शाखाहरुको व्यवस्थापनका लागि जोड दिइनेछ ।
२. वडा कार्यालयहरुलाई यथाशीघ्र सम्बन्धित वडामा स्थापना गरिनेछ । 
३. गाउंपालिकाको हरेक सुचनाहरुलाई अद्यावधिक गर्नका लागि आधुनिक प्रविधिको सूचना केन्द्रको स्थापना र विकास गरिनेछ । 
४. सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई वैज्ञानिक बनाउँदै यसलाई पारदर्शी र व्यवस्थित गरिनेछ । 
५.यस गाउंपालिकाको बृहत्तर आर्थिक विकासका लागि आवश्यक श्रोत पहिचान तथा राजस्वका सम्भाब्यता अध्ययन गरिनेछ । 
६. खाद्य सुरक्षा तथा स्वस्थ मासुजन्य पदार्थको भण्डारण वितरण तथा नियमनका लागि निर्दे्शिका बनाई कार्यान्वयन गरिनेछ ।
७.बालमैत्री गाउंपालिका घोषणाका लागि सो सम्वन्धि सूचकहरु पुरा गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ र साविकका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ । 
८. गाउंपालिकाको स्थायी, भरपर्दो, दीगो र बैज्ञानिक कर प्रणाली को रुपमा पहिचान भएको सम्पत्ति कर चालु आ।ब। देखि अनिवार्य रुपमा कार्यान्वयन गरिनेछ । करदाताहरुसंगको अन्तरकृया र विशेषज्ञ द्धारा अध्ययन एवं करदाता शिक्षा कार्यक्रम संचालन गरि कार्यान्वयनमा ल्याईनेछ । 
९. यस गाउँपालिकाको गतिविधि एवम सूचनामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न नियमित रुपमा राप्ती गाउँको गतिविधि प्रकाशन प्रशारण गरिनेछ ।
१०. गाउंपालिकाका पदाधिकारी कर्मचारीहरुको दक्षता तथा क्षमता अभिबृद्धिका लागि जनशक्ति विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
११. स्थानीय तहवाट प्रदान गरिने सेवा सुविधाहरुलाई प्रभावकारी वनाउनका लागि , कार्यक्रम तथा योजना संचालनमा गुणस्तरीयता र प्रभावकारिता ल्याउनका लागि कार्यालय र वडा कार्यालयहरुमा पर्याप्तमात्रमा श्रोत साधनहरु ९कम्प्युटर, इन्टरनेट, फर्निचर, सिभिल इन्जिनियरिङका उपकरणहरु, वैकल्पिक उर्जा लगायतका श्रोतहरु को समुचित ब्यवस्था गरिनेछ ।
१२. श्रोत साधनमा अभिवृद्धि गर्न गाउंपालिकाको राजस्वको संभाब्यता अध्ययन गरी आन्तरीक श्रोत परिचालनलाई अभियानको रुपमा संचालन गरिनेछ । 
१३ वैज्ञानिक र प्रगतिशिल कर प्रणाली ९ एकिकृत सम्पत्ति कर ० आगामी आवमा लागु गरि राजश्वलाई वैज्ञानिक र व्यवस्थित गरिनेछ ।
. प्रशासनलाई आधुनिकीकरण गरि कम्प्युटर राजश्व प्रणाली मार्फत कर असुली प्रकृयाको थालनी गरिनेछ । 
१५ .करदाताको सहभागितामा करदाता शिक्षालाई अभियानको रुपमा सञ्चालन गरिनेछ ।
१६. कार्य बोझ र कार्य सम्पादन साथै अतिरिक्त समय काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरिनेछ ।
१७ . आगामी आवदेखि कम्प्युटर प्रणालीमा आधारित व्यक्तिगत घटना दर्ता प्रक्रियाको सुरुवात गरिनेछ र सो को लागि वडा सचिवहरुलाई तालिमको व्यवस्था गरिनेछ ।
१८ . गाउँ सुरक्षा प्रहरी र वडा सुरक्षा पोष्टहरु स्थापनाका लागि पहल गरिनेछ ।
१९ . गाउँपालिकामा स्थापना गरिएको नागरिक सहायता कक्षलाई स्रोत साधन सम्पन्न गरिनेछ ।
२० . गाउँपालिकाको पार्शव चित्र तयार गरी विकास र सेवा प्रवाहलाई तथ्य सूचना र तथ्याङ्कमा आधारित बनाइनेछ र स्व पार्शव चित्रलाई प्रत्येक वर्ष अध्यावधिक गर्दै लगिनेछ ।
२१. सेवाप्रवाहको गुणस्तर, सार्वजनिक जवाफदेहिता उत्तरदायित्व र पारदर्शितामा अभिबृद्धि गर्न लागि सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीण, आवधिक समिक्षा कार्यक्रमहरु संचालन गरिनेछ । 
२२. यस गाउपालिकाको सामाजिक सुरक्षा विवरण, एकिकृत सम्पत्ति कर, ब्यवसाय कर तथा अन्य राजस्व कर असुली प्रणालीलाई ब्यवस्थित र प्रविधि मैत्री वनाउन एवं गाउंपालिकाको लेखा श्रेष्तालाई ब्यवस्थित गर्नका लागि कर राजस्व सम्वन्धी तथा लेखाङ्कन सम्वन्धी क्यातधबचभ खरिद र जडान गरिनेछ । 
२३. गाउंकार्यपालिका र सवै वडा कार्यालयहरुमा नागरिकहरुलाई सेवा प्रवाहका मापदण्ड र प्रक्रियाका बारेमा जानकारी गराउन क्षतिपूर्ति सहितको नागरिक वडापत्र तयार गरि कार्यान्वयनमा ल्याईनेछ ।
२४. भष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गरी गाउँपालिकालाई सुशासन युक्त गाउँपालिकाको रुपमा विकास गरिनेछ ।
२५. यस गाउंपालिका क्षेत्र भित्र रहेका सञ्चार क्षेत्रलाई समानुपातिकरुपमा सूचना तथा विज्ञापनहरु उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ । 
२६. तथ्याङ्कमा आधारित विकास र सेवा प्रवाहको अवधारणालाई कार्यान्वयन गर्न आगामी आव देखि हरेक घर परिवारको पारिवारिक विवरण तथा लगत संकल्न गर्ने कार्यको थाल्नी गरिनेछ ।
२७.यस गाउँपालिका क्षेत्र भित्र रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र संघीय सरकार तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा कानूनी रुपमा वैधता प्रदान गर्ने तर्फ आवश्यक पहल गरिनेछ । 
२८.अस्थायी, करार तथा गाउँपालिकाको दरवन्दी तेरिज भन्दा वाहिरको करार कर्मचारीहरुलाई व्यवस्थापनको लागि करार कर्मचारी ऐन बनाई व्यवस्थापन गर्न नीति ल्याई निरन्तरता दिईनेछ । । 
२९ यस गाउँपालिका क्षेत्र भित्र रहेका बेरोजगार व्यक्तिहरुलाई संघीय र प्रदेश सरकार सँगको सहकार्य र समन्वयमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी उपलब्ध गराई बेरोजगारी न्यूनीकरण गरिने नीति लिईएको छ ।

आर्थिक वर्ष: