FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७६।७७ को अनुमानित आय व्यय विवरण बजेट

राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७६।७७ को अनुमानित आय व्यय विवरण बजेट

राप्ती गाउँपालिकाको संवृद्धिको अभियानमा वडा समिति, गाउँकार्यपालिका वा गाउँसभा मात्र पर्याप्त छैनन । यी त अङ्गमात्र हुन, जुन प्रतिनिधिमूलक रुपमा स्थापित छन् । हाम्रो शासन सञ्चालनको आधार आम राप्तीवासी जनता नै हुन् तसर्थ राप्ती गाउँपालिकाले ल्याएको बजेटको सफल कार्यान्वयनको माध्यमद्वारा आम जनताका अपेक्षाको संवोधन गर्न राप्तीवासी जनताहरुको साथ, सहयोग र हौसलाको अपेक्षा गरेको छु । यसका साथै सम्पूर्ण राजनैतिक दल,बुद्धिजीवी, समाजसेवी, विभिन्न पेशा व्यवसायमा आवद्ध सबै, पत्रकार तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुसमेतको पूर्ण सहयोग रहनेछ भन्ने विश्वास लिईएको छ ।
         चालु आर्थिक वर्षको आर्थिक स्थितिका बारेमा संक्षिप्त जानकारी 
विगत आर्थिक वर्षहरुमागाउँपालिकाको पूँजीगत खर्च अपेक्षित रुपमा खर्च हुन सकेको थिएन । नेपालको संविधान जारी भएसँगै स्थानीय तहको सरकार गठन भए लगतै न्यूनतम जनशक्तिको उपलब्धतासँग कार्य थाल्नी गरेपनि अपेक्षित उपलब्धी हाँसिल हुन नसकेको कुरा सबैलाई अवगत नै छ । चालु आर्थिक वर्षको मध्येतिर कर्मचारी समायोजनको निर्णयसँगै केहि संक्रमण रहेको र कार्य वातावरणमा केहि कठिनाईहरु उत्पन्न भएता पनि यसका वाबजुत  उपलब्ध कर्मचारीहरुको सहयोगले गाउँपालिकाभित्र सेवा प्रवाहमा सन्तोषजनक अवस्था नै रहेको छ । यसले पनि पुँजीगत  खर्चमा अपेक्षित हाँसिल हुन कठिनाई उत्पन्न भयो  भने अर्को तर्फ आर्थिक वर्षको अन्यतिर मात्रै योजनाहरुको सम्झौता र कार्य सुरु हुँदा अपेक्षित उपलब्धी हाँसिल गर्न कठिनाई उत्पन्न भयो । पुरानै शैलीलाई निस्तेज गर्न नसकिएका कारण आर्थिक वर्षको अन्त्यमा कार्यबोझ अधिक भई एकातर्फ सेवाग्राहीलाई पूर्ण सन्तुष्टिका साथ सेवा दिन नसक्नुका साथै कर्मचारीहरुमा अत्यधिक समय काममा खटिदाखटिदै पनि उपभोक्ताहरुबाट समयमा कार्य प्रारम्भ नहुँदा विनियोजन भएको  रकम खर्च हुन नसकेको अवस्था रह्यो । उल्लेखित परिस्थितिको अन्त्यका लागि यसै सभाबाट योजना संझौताको समय निर्धारण गर्न तत योजनासमय र तोकिएको गुणस्तरमा पुरा गर्न  र योजनाको भुक्तानी समेत  हुने निर्णय हुन जरुरी छ ।
आर्थिक विकास तर्फ
कृषी विकास तर्फ हिउँदे र वर्षे तरकारीको कम्पोजिट प्याकेज वितरण, तोरी च्याउ आलुको विउँ वितरण, रोगनाशक किटनासक विषादी तथा ल्युररपासो सुरक्षित पहिरण कार्यक्रम,माछापालनरतरकारी खेती तालिम लगायतका कार्यक्रमहरु समपन्न भएकाछन भने साना सिचाई कार्यक्रम कार्यान्वयन प्रक्रियामा रहेको,बालि उपचार शिविर रकेरा टिस्युकल्चर कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ । राप्ती रामघाट मेला वडाबाट सम्पन्न भएको । यस गाउँपालिकामा कुल ३८ वटा सहकारी संस्था रहेकाछन । सहकारीले विभिन्न कार्यक्रमहरु गरी ६२औ सहकारी दिवश मनाईएको छ ।

पूर्वाधार विकास तर्फ
चालु आ व मा पूर्वाधार विकास तर्फ कालोपत्र सडक ३०१९ मिटर पुरा भएको  छ । पक्की नाला ४९३५ मिटर,  ग्राभेल ३९५१ मिटर,खानेपानी ट्याङ्की निर्माण तथा मर्मत ६ वटा , कुलो निर्माण ७९७ मिटर,सिचाई पाइप लाईन १२०० मिटर,भवन निर्माण तथा मर्मत२४ वटा,ग्याभिन जाली ९८० मिटर ,ह्याम पाइपरकल्भर्टरडुड २२ वटा,विभिन्न सडकहरुको ट्याक तर्फ ४२७०३ मिटर निर्माण सम्पन्न भएको छ । शौचालय २ वटा,खेलकुद मैदान सुधार ४ वटा,पर्खाल निर्माण १४८ मिटर,पक्कि वाल निर्माण ३७ मिटर,पोखरी निर्माण  तर्फ ४ वटा सम्पन्न भएको छ । 
पशु विकास तर्फ  निशुल्क कृतिम गर्भाधान कार्यक्रम साप्ताहिक क्लिनिकको लागि औषधी खरिद  व्यावसायिक किसान समूह समिति तथा डिस्पेनसरी सञ्चालनको लागि औषधी खरिद गाई भैसी बाख्रा कुखुरा बंगुर पालन तालिम सम्पन्न गरिएको । हिउँदेर वर्षे घाँसको विउँ वितरण गरिएको  ।
सामाजिक विकास तर्फ
१.आधारभुत तहको शिक्षालाई पूर्ण रुपमा निशुल्क गर्न निजी स्रोतमा कार्यरत शिक्षकको आवश्यकता पहिचान गरी समानताका आधारमा गाउँपालिकाबाट प्राथमिक २७ र आधारभुत तहका लागि ३७ जना शिक्षकको शिक्षकको व्यवस्था गरिएको छ ।
२. गाउँपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालयको मापदण्ड बमोजिमको पूर्वाधार र शैक्षिकस्तरमा सुधार गर्न कार्यक्रम सुरु गरिएको  छ ।
३. बालविकास केन्द्रलाई प्रभावकारी बनाउन र बालमैत्री वातावरण कायम गर्न बालविकास केन्द्रलाई सहयोग गरिएको छ ।
४. गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा एउटै शैक्षिक वार्षिक योजना बनाई लागु गरिएको छ ।
५. विद्यालयहरुमा नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको व्यवस्था गरिएको छ ।
६. सबै विद्यालयहरुमा शिक्षक विधार्थी आचारसंहिता बनाई लागु गर्न प्रोत्साहन गरिएको छ ।
७. यस गाउँपालिका अन्तरगत वडा नं ३ को बसन्तापुर र वडा नं ७ को भानपुर खेल मैदानलाई अन्तराष्ट्रिय रंगशाला बनाउने कार्यको डिपिआर तयार भएको छ ।
८. गाउँपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागीता हुने गरी प्रथम राप्ती गारउँपालिकास्तरिय राष्ट्ररपति रनिङ शिल्ड तथा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ ।
९. आधारभुत तह भन्दा माथि सञ्चालन भएका सामुदायिक विद्यालयहरुमा इहाजिरी प्रणालीको जडान गरिएको छ ।

चालु आर्थिक वर्षमा स्वास्थ्य संस्था नरहेका वडाहरु मध्ये वडा नं. २ र ७ मा रोभिङ स्वास्थ्य सेवा संचालन गरी जेष्ठनागरिक स्वास्थ्य सेवा, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व सेवाप्रवाह गरिएको छ . गुणस्तरीय सेवाप्रवाहकालागी सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा चिकित्सा सेवा संचालन गरिएको छ ।
 स्वास्थ्य संस्थाको पहुँच नपुगेको, भौगोलिक रुपमा पिछडिएका क्षेत्रहरुमा माईक्रोष्कोपी  क्याम्प, सेटलाईट कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर  र भि आई ए  जाँच शिविर संचालन गरिएको छ ।
संस्थागत प्रसुतिलाई प्रोत्साहन गरी शुन्यहोम डेलिभरी घोषणाका लागी सरकारी एम्बुलेन्सहरुमा प्रसुतिकालागी एकतर्फी भाडा छुट गरी ६ नं. वडालाई यसै आ.व.मा शुन्यहोम डेलिभरी वडा घोषणा गर्ने प्रकृया अगाडी बढाइएको, विपन्न नागरिकको सिफारिश भई उपचार आर्थिक सहुलियत प्राप्त गरेका छन ।
रोगको प्रकोप र संभावित महामारी नियन्त्रणका लागी नेपाल सरकारले सुचिकृत गरेका निशुल्क रुपमा प्रदान गरिने औषधिहरु बर्ष भरी अभाव हुन नदिई, विरामी जाँच तथा उपचार, आमा सुरक्षा कार्यक्रम, न्यानोझोला वितरण, परिवार नियोजन, नियमित खोप कार्यक्रम, पोषण कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, सरुवा रोग नियन्त्रण कार्यक्रम लगायतका कायक्रमहरु लाई प्रभावकारी रुपमा निरन्तरता दिईएकोछ . अभिलेख तथा प्रतिवेदनलाई चुस्त दुरुस्त बनाउन छ वटा स्वास्थ्य संस्थाका ८ जना कर्मचारीहरु लाई तालिम र विरामीजाँच तथा उपचार परामर्श र प्रिस्कृप्सन गर्ने अभ्यासमा सुधार ल्याउन ५ वटा स्वास्थ्य संस्थाका ८ जना कर्मचारीलाई स्तरीय उपचार पद्धति सम्बन्धी तालिम तथा जनाकर्मचारीहरु लाई अभिमुखिकरण गरिएको छ ।

वातावरण तथा विपद व्यवस्थापन तर्फ
विपद व्यवस्थापनका लागि गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिको गठन भएको छ ।  विपद व्यवस्थापन कोषको  व्यवस्था गरिएको छ ।पूर्वाधार विकास गर्ने सन्दर्भमा आई ई ई र ई आई ई  गर्न अनिवार्य गरिएको छ ।
संस्थागत विकास तथा सुशासन तर्फ
१.       स्थानीय तहका कार्यालय तथा विषयगत शाखाहरुको व्यवस्थापन गरिएको छ । वडा कार्यालयहरु सम्बन्धित वडामा स्थापना गरिएको छ । गाउँपालिकामा सूचना अधिकारीको व्यवस् गरिएको छ । अनलाइन तथा बैकं मार्फत सामाजिक सूरक्षा वितरण गरिएको छ । आर्थिक नीति सामाजिक नीति सुशासन नीतिको तर्जुमा गरिएको छ ।  खाद्य तथा बजार अनुगमनको कार्य सम्पन्न गरिएको छ । नियमित रुपमा गाउँपालिकाकासूचनामा  आम नागरिकको पहुँच अभिवृद्धि गर्न नियमित रुपमा राप्ती गाउँको गतिविधि प्रकाशन प्रशारण गरियो ।  कार्य वातावरणमा सहजता सिर्जना गर्नका लागि वैकल्पीक उर्जाको व्यवस्था गरियो ।सेवाप्रवाहको गुणस्तर, सार्वजनिक जवाफदेहिताउत्तरदायित्व र पारदर्शितामा अभिबृद्धि गर्न लागि सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीण, कार्यक्रम सञ्चालन गरिएको छ । नागरिक वडापत्रको व्यवस्था गरिएको छ । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको छ ।  विभिन्न निकायसँग सहकार्य र सहयोगमा कार्य सञ्चालन गरिएको छ ।
आर्थिक वर्ष २०७६।७७ को बजेट तथा कार्यक्रम निर्माणका आधारहरु निम्नलिखित रहेका छन् ।
१. नेपालको संविधान 
२. चालु आवधिक योजना
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
४. स्थानीय तहको योजना तथा बजेट तर्जुमा सम्बन्धी दिगदर्शन २०७४
५. स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन आर्थिक व्यवस्थापन तथा सम्पत्ती हस्तान्तरण सम्बन्धी निर्दे्शिका २०७४
६. नेपाल सरकारले विभिन्न समयमा गरेका निर्णयहरु
७. स्थानीय तहको कार्य विस्तृतीकरण
८ राप्तीवासी जनताका अपेक्षा तथा निर्वाचनको समयमा प्रस्तुत भएका प्रतिवद्धता 

          बजेटका उद्देश्यहरु निम्नानुसार रहेका छन
१. संविधानले निर्दिष्ट गरे बमोजिम स्थानीय तहको कार्यान्वयन
२. सेवा प्रवाहलाई सरल सहज र प्रभावकारी बनाउने
३. राप्ती बासी जनताको आर्थिकस्तर बृद्धिमा सघाउ पुर्याउने 
४. सामाजिक न्याय स्थापना गर्ने 
५. विकासका पूर्वाधारहरुको निर्माण र सवलीकरण गर्ने ।
६. वातावरण संरक्षण तथा विपद व्यवस्थापनलाई व्यवस्थित गर्ने 
७. रोजगारी सिर्जना गर्ने 
८. आम जनताको अपेक्षाहरुको संवोधन गर्ने ।
बजेटका प्राथमिकताका क्षेत्रहरुः
१. शैक्षिक विकास र क्षमता विकास
२. कृषि र पशुपालन
३. पूर्वाधार विकास
४. सार्वजनिक सेवा प्रवाह र सुशासन
५. रोजगारी सिर्जना
६. खानेपानी सरसफाई र वातावरण व्यवस्थापन
७. विपद् जोखिम न्यूनिकरण
८. पर्यटन तथा सांस्कृतिक संरक्षण

प्रस्तुत बजेट तथा कार्यक्रम तयार पार्दा अपनाइएका विधिहरुको बारेमा उल्लेख गर्न चाहन्छु । नेपाल सरकार संघीय तथा ५ नम्बर प्रदेश सरकारबाट प्राप्त हुन आएको वित्तीय समानिकरण तथा ससर्त तर्फको बजेट सामजिक सुरक्षा र आजै यस सम्मानित सभा समक्ष पेश गरेको राप्ती गाउँपालिकाको आर्थिक ऐन २०७६ मा उल्लेख भए अनुसारका करका दरहरु बमोजिम राप्ती गाउँपालिकालाई प्राप्त हुन आउने आन्तरिक तर्फको आम्दानीमा चालु आ.व. मा खर्च भई राप्ती  गाउँपालिकाको संचित खातामा बचत रहेको रकम समेत गरी जम्मा आयको गणना गरिएको छ जुन यस प्रकार छ
(क)    अन्तर सरकारी वित्तीय हस्तान्तरण    १३ करोड ५९ लाख ५३ हजार
        संघीय सरकार समानीकरण अनुदान    १३ करोड १४ लाख
       प्रदेश सरकार समानीकरण अनुदान    ४५ लाख ५३ हजार
(ख) सशर्त अनुदान     १६ करोड ९९ लाख
          संघीय सरकार चालु अनुदान    १५ करोड ६७ लाख
          प्रदेश सरकार  शसर्त अनुदान पुँजीगत    ८० लाख
          प्रदेश सरकार विशेष अनुदान पुँजीगत    ५२ लाख
(ग)राजश्व बाँडफाँडबाट प्राप्त  रकम    ११ करोड ५ लाख ३३ हजार ८ सय १०
(घ)आन्तरिक स्रोतको अनुमानित आय     १२ करोड १८ लाख  ८० हजार
(क)  गत आ व को मौज्दात रकम     ५ करोड १३ लाख
(ख)  जिल्ला समन्वय समितिबाट प्राप्त हुने    ३ करोड
(ग)  आगामी आ. व. को अनुमान     ४ करोड ५ लाख ८५ हजार
कुल जम्मा    ५३ करोड ८२ लाख ६६ हजार ८ सय १०
सर्वप्रथम संघीय सरकारको बजेट मार्फत यस गाउँपालिकालाई वित्तीय समानीकरण अनुदान तर्फ १३ करोड १४ लाख , ससर्त अनुदान अन्तर्गत १५ करोड ६७ लाखतथा प्रदेश नं५ सरकारबाट वित्तीय समानीकरण अन्तर्गत रु ४५ लाख ५३ हजार तथा सशर्त तर्फ८० लाख अनुदान पुँजीगत र ५२ लाख विशेष   अनुदान पुँजीगत  गरी १ करोड ७७ लाख ५३ हजारप्राप्त हुन आई दुवै सरकारबाट गरी जम्मा रु १७ करोड ४४ लाख ५३ हजार प्राप्त हुन आएको र  स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी दिग्दर्शन २०७४ ले उल्लेख गरे बमोजिम राजश्व परामर्श समितिको बैठक बसी आर्थिक वर्ष २०७६।७७ का लागि नयाँ करका दरहरु प्रस्ताव गरी प्रतिवेदन पेस गरे बमोजिम प्रतिवेदनका आधारमा आर्थिक वर्ष २०७६।७७ मा आन्तरिक स्रोत तर्फको आय ४  करोड ५ लाख ८५ हजार,  जिल्ला समन्वय समितिबाट आगामी आ व को लागि प्राप्त हुने रु ३ करोड र गत आ व को मौज्दात रकम रु ५ करोड १३ लाख  गरी आन्तरिक आय राजश्व बाँडफाँडबाट प्राप्त रकम रु ११ करोड ५ लाख ३३ हजारर गत आ व को मौज्दात ५ करोड ५ लाख  गरी आन्तरिक आय तर्फ जम्मा रु १२ करोड १८ लाख  ८० हजार तथा राजश्व बाँडफाँडबाट ११ करोड ५ लाख ३३ हजार ८ सय १० रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ ।यसरी राप्ती गाउँपालिकाको कूल अनुमानित आय  ५३करोड ८२ लाख ६६  हजार ८ सय १० रुपैया विनियोजन  गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यक्रम तथा संघीय सरकार,  प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने बजेटको कार्यान्वयन प्रचलित ऐन तथा नियममा रहि राप्ती गाउँपालिकाले गर्नेछ ।  
व्यय तर्फ
चालु
कर्मचारी पारिश्रमिक, पदाधिकारीको सुविधा कार्यालय सञ्चालन वडा कार्यालय तथा गाउँपालिका कार्यालय सञ्चालन कर्मचारी वृत्ती विकास कल्याणकोष लगायतका शिर्षकहरुमा गरी जम्मा रु ७ करोड ७२ लाख ७३ हजार ८ सय १० विनियोजन गरिएको छ । यसमा संघीय सरकारबाट कर्मचारीको तलब वृद्धि भए अनुसार यस  गाउँपालिकामा कार्यरत स्थायी कर्मचारीहरुको तलब सोहि बमोजिम वृद्धि गरिएको छ ।
कर्मचारीलाई प्रोत्साहित गर्नको लागि प्रोत्साहनमा आधारित तलब अतिरिक्त सुविधा प्रदान गरी सेवा प्रवाह र सेवाको गुणस्तरमा प्रभावकारी अभिवृद्धि गरिनेछ । सेवा करार तथा परामर्शद्धारा नियुक्ति हुने कर्मचारीहरुको सेवा सुविधाका लागि कार्यपालिकाद्धारा कार्य्विधि निर्माण गरी सोही बमोजिम हुने गरी सेवा सुविधा निर्धारण गरिनेछ ।
पुँजीगत
क्षेत्रगत तथा विषयगत रुपमा  विनियोजन निम्नानुसार गरिएको छ 
आर्थिक विकास तर्फ रकम रु १ करोड ३ लाख ६० हजार
पूर्वाधार विकास तर्फ रकम रु १९ करोड २४ लाख ७० हजार 
सामाजिक विकास तर्फ रकम रु ३ करोड २२ लाख ९३ हजार
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ रकम रु ३९ लाख ३० हजार
शिक्षा तर्फ  रकम रु २ करोड ५० लाख 
स्वास्थ्य तर्फ रकम रु १ करोड २५ लाख 
कृषि पशु तथा सहकारी तर्फ रकम रु ९३ लाख ४० हजार
महिला बालबालिका तर्फ रकम रु ५२ लाख 
वडागत बाँडफाँड अनुसूचीमा समावेश गरिएको छ ।
सशर्त तथा विशेष अनुदानको रकम रु १६ करोड ९९ लाख लाई सोहि सर्त र कानूनमा तोकिए बमोजिम हुने गरी  शिक्षा, स्वास्थ्य, कृषि तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको कार्यक्रममा खर्च गरिनेछ ।

 

आर्थिक वर्ष: