FAQs Complain Problems

राप्ती गाउँपालिकाको बगरापुरमा होमस्टे सञ्चालनका लागि तयारी सुरु

राप्ती गाउँपालिकाको वडा न. ६ को बगरापुरमा होमस्टे सञ्चालनका लागि तयारी
सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाको  स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिद प्राकृतिक
सम्पदा तथा होमस्टे सञ्चालनको सम्भाब्यता रहेका मगर समुदाय र थारु
समुदायको मात्र बसोबार रहेको गाउँमा होमस्टे सञ्चालन गर्ने योजना अनुसार
वडा न. ६ को बगरापुरमा होमस्टे सञ्चालनका लागि तयारी तालिम सुरु गरिएको
राप्ती गाउँपालिकाका प्रमुम प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी
दिनुभएको छ ।
राप्ती गाउँपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल
काठमाण्डौको संयुत्त आयोजनामा राप्ती गाउँ गाउँपालिकाको वडा न. १ को
बगासोती र वडा न. ६ को बगरापुर गाउँमा होमस्टे सञ्चालनको लागी पुर्बतयारी
तालिम आयोजना गरीएको हो । बगरापुर थारु समुदायको वसोबास रहेको गाउँ र
बगासोती मगर समुदायको बसोबास रहेको मनोरम गाउँ हो ।

आर्थिक वर्ष: