FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई निति निर्माणका लागि छलफल

राप्ती गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई निति निर्माणका लागि छलफल

राप्ती गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई निति निर्माणका लागि छलफल गरिएको छ ।
केन्द्र सरकार प्रदेश सरकार र स्तानिय सरकार विच स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा नितिगत रुपमा बाझिने कुरा नआओस भनि छलफल गरिएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी, अधिकृत महेश अधिकारी,स्वास्थ्य शाखा संयोजक नारायण रावत, शिक्षा अधिकृत विश्वास विक, शाखा प्रमुखहरु, निति विज्ञ अनिल भट्राई, सविता पोख्रेल, अर्चना अर्याल, लिला बहादुर नेपाली, सुआहाराकी नितु चौधरी लगायतको सहभागीतामा स्वास्थ्य तथा सरसफाई निति निर्माणका लागि छलफल गरिएको थियो ।
हालको अवस्थामा केन्द्रिय नितिलाई आत्मसाथ गर्दै राप्ती गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गति अघि बढाईहेको अवस्थामा नया वन्ने राप्ती गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई नितिको पुर्ब तयारी स्वरुप विहिवार छलफल गरिएको हो ।
राप्ती गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई निति निर्माणका लागि गरिएको छलफल कार्यक्रममा  नेपाल को संविधान २०७२ मा स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा समेटीएका धार उपधारा, धारा ३५ मा उल्लेख विषयबस्तु स्थानिय तहको  स्वास्थ्य सम्वन्धि एकल अधिकार, बाडफाड र विस्तृतिकरण, नेपाल को संविधान २०७२ को अनुसुचि ९ को ३ मा उल्लेख गरिएका कुराहरु, दिगो विकासका लक्ष्यहरुमा तेस्रो नम्वरमा उल्लेख गरिएको  विषयवस्तु सबै उमेर समुहका ब्यत्तिका लागि स्वास्थ्य जिवन निर्वाहको सुनिश्चितता गर्दै समृद्ध जिवन प्रबद्धन गर्ने तरिका, सरसफाई निताको आवस्यकता, पुनरावलोकन गर्नु पर्ने राष्ट्रिय, प्रादेशिक तथा स्थानिय सरकारका दस्ताबेज का वारेमा बुदागत रुपमा विश्लेषणात्कम छलफल गरिएको सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य तथा सरसफाई निति निर्माणका लागि गरिएको छलफल कार्यक्रमा नेपालको स्वास्थ्य क्षेत्रमा संघिय निति पारीत भैसकेको हुदा आगामी दिनमा स्थानिय सरकाले  नेपाल स्वास्थ्य क्षेत्र रणनिति २०७२ देखी २०७७, रणनितिक दिशा र नतिजाहरु, समतामुलक पहुच र गुणस्तर सुधार साथै बहुपक्ष सहकार्यलाई आतमसाथ गर्दै निति निर्माण गर्नु गर्ने विषयमा  समेत छलफल गरिएको छ

 

 

तिर्थराज ज्ञवाली
साउन २३ ,सिसहनिया(देउखुरी दाङ)

आर्थिक वर्ष: