FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिकामा तथ्याङ संकलन सम्वन्धि तालिम सुरु

राप्ती गाउँपालिकाको  बस्तुगत विवरण तथा एकिकृत ग्रामिण विकास योजना तयारीका लागि तथ्याङ संकलन सम्वन्धि तालिम २२ बैशाख शनिवार देखी सुरु गरिएको छ ।

राप्ती गाउँपालिकाको बस्तुगत विवरण तथा एकिकृत ग्रामिण विकास योजना निर्माण गर्न तथ्याङ संकलनका लागि गणकहरुलाई घरदैलोमा पठाउनु पुर्व २ दिने तालिमको आयोजना गरिएको हो  ।

तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले राप्ती गाउँपालिकाको विकास र प्रबद्धनका लागी लागिरहेको अवस्थामा बस्तुगत विवरण तथा एकिकृत योजना तर्जुमा कार्यमा सबै खालको सहयोग, गणकहरुलाई आफ्नो घर गाउँ टोलको सहि जानकारी एवं सुचना प्रदान गरिदिन राप्ती गाउँपालिका बासी आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष सुवेदिले तथ्याङ संकलन गर्न जाने सबै गणकलाई ईमान्दारीता पुर्वक सहि सुचना संकलन गर्न समेत आग्रह गर्नुभएको छ ।

राप्ती गाउँपालिका दाङ र नामसालिङ सामुदायिक विकास संस्था ईलामको संयुक्त आयोजनामा गरिएको तालिममा बोल्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले गणकहरु सहि सुचनाको सम्वाहक भएकाले राप्ती गाउपालिकको सहि विवरण ल्याउनमा सहयोग गर्न सम्पुर्ण तालिममा सहभागी गणकहरुलाई आग्रह गर्नुभएको छ ।

राप्ती गाउँपालिकाको आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, विक्तिय ब्यवस्थापन र सुशासन, भौगोलीक तथा सास्कृतिक अवस्था, घरधुरीको अवस्था, जनसंङखीक अवस्था लगायत गाउँपालिकाको समग्र अवस्थालाई चित्रण गर्ने गरि छिटै निर्माण गर्न थालीएको बस्तुगत विवरण निर्माण तथा एकिकृत योजना तर्जुमा गर्न सहज हुने उदेश्यले वडा गत रुपमा गणक छनौट गरि ३६ जना युवा युवतिलाई  तालिम दिन थालीएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ । 

गाउँपालिकाको बस्तुगत विवरण तथा एकिकृत योजना तर्जुमा सम्वन्धि कार्यको सुरुवात गर्दा प्रथम चरणमा गाउँपालिका स्तरिय बैठक सम्पन्न गरिएको र तथ्याङ्कको सुचक तथा तालिमको पहिचान र प्रश्नावली तयारी, मोवाईल एप्लीकेशन निर्माण तथा डाटावेस डिजाईन, सुचना संकलन तथा प्रोफाईल तयारी गरिने हुदा २ दिने तथ्याङ संकलनका लागि गणकहरुलाइ तालिमको आयोजना गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: