FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिकामा योजना अनुगमन

राप्ती गाउँपालिकामा योजना अनुगमन
तिर्थराज ज्ञवाली
१ असार, मसुरीया(दाङ)
राप्ती गाउँपालिका योजना अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा राप्ती गाउँपालिका वडा न.२ लालमटिया एफ एम रोडको नाली तथा बाटो स्तरोन्नती  र वडा न. ५ को लट्ठहवा सिङ्गे वाटो स्तरोन्नती एव सेर वाल निर्माणको अनुगमन गरिएको छ ।
प्राविधिक सहितको टोलीमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, ईन्जिनियर दिपक खड्का, योजना अनुगमन समिति सदस्य गोवर्धन रावत, चन्दर चौधरी, सञ्चर संयोजक तिर्थराज ज्ञवालीको सहभागीता रहेको थियो ।
अनुगमनको क्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष उपभोक्ताहरु सीत छलफल गरिएको थियो । 
 

आर्थिक वर्ष: