FAQs Complain Problems

राप्ती गाउँपालिकामा राप्ती नदी जलाधार व्यवस्थापन मञ्च गठन 

राप्ती गाउँपालिकामा राप्ती नदी जलाधार व्यवस्थापन मञ्च गठन 

पानी परियोजना राप्ती नदीको जलिय जैबिक बिबिधता संरक्षणको माध्यमले दिगो आर्थिक बिकास कार्यक्रम अन्तरगत राप्ती नदी जलाधार व्यवस्थापन मञ्च गठन गरिएको छ ।
राप्ती गाउँपालिका स्तरिय जलाधार व्यवस्थापन समितिमा गाउँपालिका प्रमुख नुमानन्द सुवेदिको अध्यक्षतामा तथा उप–प्रमुख जगदम्वा कुमारी चौधरीको सह संयोजकत्वमा, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष वा वडा प्रतिनिधि कार्मचारी कृषि, पशु र बाताबरण शाखा, सिचाई प्रणाली प्रमूख वा प्रतिनिधि, खाने पानी प्रमूख वा प्रतिनिधि , जलीय जैबिक विविधता संरक्षण समुह, स्थानिय वन महासंघ अध्यक्षवा  प्रतिनिधि, सामुदायिक वन उपभोक्त समुह अध्यक्ष प्रतिनिधि, विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी, सामुदायीक वन समन्वय समिति लाई समेटेर समिति निर्माण गरिएको छ । 
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको राप्ती नदी जलाधार व्यवस्थापन मञ्च  गठन कार्यक्रममा स्थानिय जल, जलचर, जमिन, जनता र जंगल संग सरोकार राख्ने सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका स्तरिय जलाधार व्यवस्थापन समिति गठन गर्नुको उद्देश्यहरु माथि प्रकास पार्दै कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाले गाउँपालिका स्थित विभिन्न सरोकारवाला निकाय तथा जन प्रतिनिधिहरुको संलग्नतामा जल, जमिन, जगंल र जनताको उचित व्यवस्थापन गर्दै विपद जोखिम न्यूनिकरण, जल जैविक विविधता संरक्षण, जलवायू परिवर्तन अनुकुलन जस्ता जलाधार व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी ढंगले योजना निर्माण, कार्यन्वयन तथा अनुगमन गर्ने उद्येश्यले यो जलाधार व्यबस्थापन समिति गठन प्रक्रिया सुरु गरिएको बताउनु भएको छ ।
पानी परीयोजनाको सहयोगमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले विगत १ बर्ष देखि दाङको गढवा, राजपुर गाउँपालिका र लमही नगर पालिकामा राप्ती नदीको जलीय जैविक विविधता संरक्षण गर्न विभिन्न क्रियाकलापहरु संचालन गरीरहेको छ । परियोजना पश्यात विभिन्न पालिकाहरुमा गठन भएका ८ वटा माछा संरक्षण समुह ८ वटा ईको क्लवहरु, समन्वय समितीहरु, गस्ती तथा अनुगमन टोलीहरु र सरोकारवालाहरुको सक्रियतामा राप्ती नदीको जलीय जैविक विविधता विनास गर्ने, मुख्य समस्यको रुपमा रहेको विनासकारी माछा मार्ने तरीकाहरुमा बम,करेन्ट,बिषादी रोकथाम संगै माछा लागायत जलीय जलचरहरुको संख्यामा उल्लेखनिय बृद्धि भएको देखीएको छ ।
नितीगत रुपमै राप्ती गाउँपालिका, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाहरुले जलयि एबम् जलचर ऐन २०७५ समेत निर्माण गरी जलीय जैविक विविधता संरक्षण गर्न पहल समेत गरिएको छ । यसै सन्दर्भमा राप्ती गाउँपालिको राप्ती नदी तथा सहायक नदीहरुको दीगो रुपले जलीय जैविक विविधता संरक्षण गर्न संस्थागत  स्थाई समयन्त्र आवश्यक देखिएकोले जलाधार ब्यबस्थापन समिति गठन गर्नु पर्ने आबश्यक देखिएको छ ।
राप्ती नदी जलाधार व्यवस्थापन मञ्च किन ?
दाङ जिल्ला जलीय जैविक विविधता, जलवायु परिवर्तन र विपदको दृष्टिकोणबाट अति संकटासन्न क्षेत्रको रुपमा रहेको राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको जल जलाधार ब्यबस्थापन, जैविक विविधता र जलवायु परिवर्तनको दृष्टिकोणबाट संकटासन्न क्षेत्रको रुपमा चिनिदै छ, त्यसैले गाउँपालिका क्षेत्र भित्रको नदी, ताल तलैया, सीमसार, जलचर, जलीय जैविक विविधताको संरक्षण गर्न, जलचर एवं जलीय जैविक विविधताको संरक्षण तथा दिगो उपयोगगर्न, जलस्रोत तथा जलचरमा आश्रित समुदाय बीचको अध्यात्मीक तथा साँस्कृतिक अन्तर सम्बन्ध तथा अन्तर निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रबद्र्धन तथा व्यवस्थापन गरी आम नागरिकको सुविधा र आर्थिक हितको सम्बर्धनका लागि आवश्यक भएकोले, राप्ती नदीको जलिय जैविक विविधताका चुनौतीहरुलाई न्युनिकरण गर्ने, दिगो तरीकाले माछाको उपयोग गरी माछा मार्ने विनासकारी तरिकालाई निरुत्साहित गर्ने, दिगो आर्थिक बिकास अभिवृद्धि गनर्, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गनर्, माछा र नदीमा आधारित वातावरण मैत्री उद्यमहरुको विकासगरी महिला, सिमान्तकृत वर्ग, गरीब तथा मछुवारा समुदायको आर्थिक उन्नतिमा सहयोग र समन्वय गर्नु पर्ने देखिएकोले जलाधार ब्यबस्थापन समिति गठन गर्नु पर्ने आबश्यक देखिएको छ ।
राप्ती गाउँपालिका स्तरीय जलाधार व्यवस्थापन समितिले बिनाशकारी रुपले माछा मार्ने तरीका÷प्रबिधि कम गरी गराई दिगो रुपले माछाको ब्यबस्थापन गर्ने गराउने, मछुवारा समुहद्धारा उत्पादित बस्तुको मुल्यमा एक रुपता ल्याउनका लागी समन्वयको भुमिका खेल्ने, मछुवारा सदस्यहरुकोे सिप अभिबृद्धि गर्नका लागी अन्य कार्यक्रमहरु तर्जुमामा सहयोग गरी अन्य  सरोकारवलाहरुको योजनामा समायेजन गर्ने गराउनेमा पुलको भुमिका निवाह गर्ने, गठन र नदीको वीचको आपसी विवाद वा र अन्य पक्ष  विचको विवाद ब्यबसथापन गर्नु गराउनु र सो को निम्ती आबस्यक पर्ने सबै किसिमको कार्यहरु गर्ने गराउने भुमिका खेल्ने  कार्यक्रममा जानकारी गरिएको छ ।
कार्यक्रममा फिल्ड संयोजक राममोति चौधरी, समानिक परिचालक रामवरण यादव लगायतको सहभागीता रहेको थियो ।
 

तिर्थराज ज्ञवाली
पौष ६, मसुरीया (देउखुरी दाङ)

आर्थिक वर्ष: