FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिकामा राष्ट्रिय बाल दिवश

राप्ती गाउँपालिकामा राष्ट्रिय बाल दिवश

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गर्दै आईतवार राप्ती गाउँपालिकामा राष्ट्रिय बाल दिवश २०७६ सम्पन्न गरिएको छ ।
राप्ती क्षेत्रका २३ विद्यालयका उल्लेख्य वालबालिकाको ¥यालीले बाल अधिकार, बाल अधिकारको प्रयोग, रक्षा र प्राप्तीका लागी एकजुटहुन सबैमा सन्देश प्रवाह गरेको थिए ।
आईतवार राप्ती गाउँपालिकामा राष्ट्रिय बाल दिवशको अवसर पारेर मानशिक र शारिरिक तवरले वालबालिकालाई सक्षम बनाउन ज्ञान मुलक र खेल मुलक प्रतियोगीताको समेत आयोजना गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगीता र कुर्सी दौड प्रतियोगीतामा सहभागीताको लागि राप्ती गाउँपालिकाले खुल्ला रुपमा आधारभुत तह सम्मका बालबालिकालाई प्रतियोगीतामा सहभागीताको लागि आब्हान गरेको थियो । 
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रममा आयोजना गरिएको कुर्सी दौड बालक तर्फ मिलीजुलि बाल क्लवका भुवन बस्नेत प्रथम, एकता नगर वाल क्लवका सेमु कुमाल द्धितिय, मावि मौरिघाटका हेमराज महरा तृतिय  ज्ञानोदय माविका रोहित परियार सान्तोना भएका छन् साथै कुर्सी दौड बालिकतर्फ मावि मौरिघाटकी निरु चौधरी प्रथम, ज्ञानोदय माविकी रेनुका चौधरी द्धितिय, मुनलाईट मावि लालमटियाकी आयुषा वलि तृतिय, र नव प्रतिभा आधारभुत विद्यालयकी मेनका कुमाल सान्तोना भएकी छन् ।
दुई चरणमा प्रतिस्पर्धा गराईएको हाजिरी जवाफ प्रतियोगीतामा देउखुरी भ्याली स्कुल भालुवाङले प्रथम स्थान , बव्लिक एकेडेमी स्कुल लालमटियाले द्धितिय स्थान, सिरीन भ्याली मौरीघाटले तृतिय स्थान र मुनलाईट मावि लालमटियाले सान्तोना स्थान प्राप्त गरेका छन् । 
कुर्सी दौड र हाजिरी जवाफ प्रतियोगीतामा विजयी हुने बाल बालिकालाई प्रोत्साहन स्वरुप राप्ती गाउँपालिकाले नगद, प्रमाणपत्र तथा कारितास नेपाल, मिलाप कृषि सहकारी संस्थाले स्टेशनरि सामाग्री प्रदान गरिएको थियो

 

तिर्थराज ज्ञवाली
भदौ २९, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: