FAQs Complain Problems

राप्ती गाउँपालिका गाउँकार्यपालिकाका पदाधिकारीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको अभियान र उपलब्धिका वारेमा अभिमुखीकरण

राप्ती गाउँपालिका गाउँकार्यपालिकाका पदाधिकारीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको अभियान र उपलब्धिका वारेमा अभिमुखीकरण गरीएको छ ।

जिल्ला जन स्वास्थ्थ कार्यालय दाङको सहयोग तथा किड्स नेपालको सहकार्यमा हालसम्मको ५ न. प्रदेश तथा दाङ जिल्लामा क्षयरोगको अवस्था प्रगति समस्या तथा जनप्रतिनिधि तथा स्थानिय सरकार संगको सहकार्यताका वारेमा जानकारी गराईएको छ ।

कार्यक्रममा  जिल्ला जन स्वाथ्य कार्यालय दाङ, किड्स नेपाल तथा सेभ द चिल्ड्रन का तर्फवाट हाल सम्म क्षयरोग नियन्त्रणमा गरिएको सहकार्य तथा प्राप्त गरिएको उपलब्धिका वारेमा गाउँकार्यपाकिाका पदाधिकारीहरुलाई अभिमुखीकरण गरीएको थियो । 

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यमा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ शाखा संयोजक नारायण राउतले राप्ती गाउँपालिकामा हाल रहेको क्षयरोगको अवस्थाका वारेमा जानकारी गराउनुभएको छ ।

कार्यक्रममा  जिल्ला जन स्वाथ्य कार्यालय दाङका क्षेत्रिय कार्यक्रम अधिकृत डम्वर बहादुर कुँवर, किड्स नेपालका कार्यक्रम प्रवद्वक बाबुराम आचार्य,  तथा सेभ द चिल्ड्रन का तर्फवाट कार्यक्रम प्रवद्वक भिम बहादुर शिंङले हाल सम्म क्षयरोग नियन्त्रणमा गरिएको कार्य र प्राप्त उपलब्धिका वारेमा प्रस्टाउनु भएको थियो । 

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले क्षयरोग एक सरुवा रोग र जटिल रोग भएको हुदा यस राप्ती गाउँपालिका भित्रका नागरिकलाई स्वास्थ्य उपचारमा कुनै कसर नराखीने र यस गाउँपालिकाले क्षयरोग नियन्त्रण कार्यलाई  निरन्तर तिब्रता दिने बताउनुभएको छ ।

कार्यक्रममा क्षयराग नियन्त्रण र न्युनिकरणका लागी स्थानिय सरकारले सहयोग गर्नुपर्ने कुरालाई जोड दिईएको छ । स्थानिय सरकार अन्तरगत राप्ती गाउँपालिकाले यस क्षयरोग नियन्त्रणमा आफ्ना मातहतका स्वाथ्य संस्थावाट क्षयरोगको अभिलेख तथा प्रतिवेदन चुस्त दुरुस्त राख्नमा सहयोग गर्नुपर्ने, प्रयोगशाला सेवा प्रवाहको उपलब्धता निरन्तरता साथै मानविय संसाधन समय र आपुर्तीको ब्यवस्थापनमा सहयोग गर्नुपर्ने, सामाजिक चेतना तथा रोग पहिचानमा क्षयरोगी हरुको खोजी र रोग निदानमा सहकार्य गरिनु पर्ने, स्थानिय स्तरमा क्षयरोग कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने, क्षयरोग नियन्त्रण  कार्यक्रमलाई सहजरुपमा प्रभावकारी रुपमा सञ्चालनमा सहयोग गर्न र सहयोग लाई निरन्तरता दिन  क्षयरोग नियन्त्रण अभियानमा संलग्न कार्यक्रममा सहभागी संस्थाहरुले  राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

आर्थिक वर्ष: