FAQs Complain Problems

राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको बैठक नमुना छनौट भएका विद्यालय लाई एघार लाखका दरले अनुदान दिने निर्णय

राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको बैठक मसुरीयामा बुधवार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका गाउँ शिक्षा समितिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा बसेको बैठकले राप्ती गाउँपालिका क्षेत्रको शिक्षा क्षेत्रको विकासका लागि निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले राप्ती क्षेत्रका विद्यालयमा गर्मी मौसममा विहानी सत्रमा कक्षा सञ्चालन हुदा पठन पाठनमा असहजता र विद्यार्थी हित नहुने हुदा दिवा कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।

बैठकले राप्ती गाउँपालिका भित्रका बालविकासमा  शिक्षक छनौट गर्न आधारभुत तथा माध्यामीक शिक्षा सञ्चालन तथा ब्यवस्थापन कार्यविधि २०७५ मा ब्यवस्था भए अनुसार शिक्षक छनौट समितिले शिक्षकहरु छनौट गर्ने निर्णय गरेको छ ।

राप्ती गाउँपालिकाको बसेको गाउँ शिक्षा समितिको बैठकले राप्ती गाउँपालिकामा छनौट भएका नमुना विद्यालयहरु श्री मावि मौरीघाट, शंकर मावि. पीपरी, सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनिया र नव प्रतिभा आधारभुत विद्यालय पाखापानीलाई वालविकास कक्षा ब्यवस्थापन, प्रयोगशाला ब्यवस्थापन र खेलकुद मैदान चिल्ड्रेनपार्क निर्माण कार्य,परामर्श सेवा सञ्चालन गर्नका लागि प्रति नमुना छनौट विद्यालय लाई एघार लाखका दरले अनुदान दिने निर्णय गरेको गाउँ शिक्षा समितिका सदस्य सचिव राजेन्द्र कुमार घिमीरेले जानकारी दिनुभएको छ  ।

आर्थिक वर्ष: