FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक, सचेतना कार्यक्रम तथा मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गर्ने

राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक, सचेतना कार्यक्रम तथा मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गर्ने

राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक  सोमबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले राप्ती क्षेत्रमा समुदाय प्रहरीले खेल्नु पर्ने भुमीकाका बारेमा छलफल तथा निर्णय गरिएको छ ।
राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिमा संयोजक राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उप संयोजक उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, उप संयोजक प्रहरि निरिक्षक रविन्द्र राज पाण्डे, सदस्यहरुमा वडा अध्यक्षहरु गोवर्धन रावत, बेद प्रसाद चौधरी, विद्यशरण चौधरी, विष्णु बहादुर घर्ति क्षेत्रि, तारा बहादुर डिसी, चन्दर चौधरी, प्रहरि सहायक निरीक्षक तिर्थराज भुसाल, प्रधानाध्यापक किरण पोख्रेल, राप्ती उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष टोप बहादुर कार्की, राप्ती गाउँपालिका स्तरिय सामुदायीक प्रहरि उपाध्यक्ष उमेश अधिकारी, रेडक्रशका उपशाखाका सचिव प्रमोद पौडेल, बहादुर कर्ण केसी, सारदा भुसाल, डिल बहादुर कुमाल, दोर्ण जिसि, छविलाल थापा, युवराज न्यौपाने, रमेश कडेल, यादव आचार्य, दामोदर भण्डारी, जमीर शाह रहनु भएको छ ।
बैठकमा समुदाय प्रहरी पालिका समितिको उदेश्य तथा गरिने पछिल्लो गतिविधि, आएका समस्या, चुनौति, अभियानका वारेमा उप संयोजक प्रहरी निरिक्षक रविन्द्र राज पाण्डे तथा सदस्य सचिव प्रहरी सहायक निरीक्षक तिर्थराज भुसालले जानकारीका बारेमा गराउनु भएको थियो ।
सोमवार बसेको राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठकले  राप्ती गाउँपालिका क्षेत्र भित्र घरेलु हिंसा, लैङिगीक हिंसा, सामाजिक विभेद, फरक क्षमता भएका लाई गरिने दुब्र्यबहार न्युनिकरण गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने, माईकिङ, सचेतना कार्यक्रम बैशाख १० देखी १५ दिन संञ्चालन गर्ने, लागु औषध विरुद्ध पर्चा पम्पलेट वितरण गर्ने, तथा खुला मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गरिएको छ ।
बैठकमा वडा स्तरिय मेलमीलाप समिति, न्यायीक समितिको काम, विद्यालय प्रहरि समिति, निगरानि समुह, आमा समुह, सामुदायिक वडा प्रहरि को कार्यलाई तिब्रता दिन  समेत आग्रह गर्न गराउन अनुरोध गरिएको छ । 
 

तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: