FAQs Complain Problems

राप्ती गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप फुटवल खेल सञ्चालन हुने बारे सुचना ।

राप्तीमा अध्यक्ष कप र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता हुन
तिर्थराज ज्ञवाली
 जेष्ठ २३ मसुरीया(देउखुरी दाङ)
राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता हुने भएको छ ।
राप्ती गाउँपालिका क्षेत्रका विद्यालयहरु विचमा संञ्चालन हुने अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता यहि जेष्ठ २७ देखी ३० गते सम्म चल्ने राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभएको छ ।
विहान ७ बजेदेखी सुरुहुने अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता सबैलाई पाएक पर्ने गरि  नवज्योति आधारभुत विद्यालय शिरिचौरमा संञ्चालन हुने छ ।
अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय खेलमा फुटवल खेल मात्र समावेश गरिएको छ भने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा भलीवल छात्र छात्रा, कवड्डी छात्र छात्रा र एथलेटिक्स तर्फ १०० मिटर, ४०० मिटर र १५०० मिटर दौड छात्र छात्रा खेल समावेश गरिएको छ ।
राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना गरि राप्ती क्षेत्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुका विद्यार्थीलाई दुबै खेलमा सहभागी गराउन अनुरोध समेत गरेको छ ।

आर्थिक वर्ष: