FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता सूरुहुदै

राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता सूरुहुदै

यस वर्षको राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता मंगलवार देखी सुरुहुन थालेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०७६।०७७ को स्वीकृत वाषर््िाक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको कार्यालयको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता २०७६ माघ २८, २९ र फाल्गुण १ गते राप्ती गाउँपालिकाको वडा नं ३ स्थीत सिरिचौरखेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन हुने शिक्षा अधिकृत बासुदेव खनालले जानकारी गराउनु भएको छ ।
राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगितामा राप्ती गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराईने र अध्यक्ष कप प्रतियोगितामा वडा स्तरिय खेलाडि संमीलीत खेलहुने बताईएको छ ।
राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समाबेस गरिएको र अध्यक्ष कप प्रतियोगितामा फुटवल खेल समाबेस गरिएको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी गराउनु भएको छ ।
सोमवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा कार्यपालिका सदस्यहरुलाई राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिताको हाल सममको पुर्ण तयारीको बारेमा जानकारी गराउदै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले खेलमा विद्यालय तथा वडाका खेलाडिको उत्साहका साथ सहभागीता हुने बताउनु भएको छ
राष्ट्रपति रनिङ शिल्ड खेलकूदमा माध्यमिक तह अन्तरगतका खेलहरुमा भलिवल छात्र र छात्रा अलगअलग, कबड्डी छात्र र छात्राहरु अलगअलग, एथलेटिक्स तर्फ, दौड ट्रयाक तर्फ छात्र १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. ४×१०० मि. रिले, ४ ४०० मि रिले, छात्रा तर्फ १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. ४×१०० मि. रिले, ४ जना ४०० मि. रिले, उफ्रने र फ्याक्ने ¬फिल्ड तर्फ तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १० पाउण्ड, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १० पाउण्ड र आधारभूत तह तर्फका खेलहरु १०० मिटर दौड छात्र र छात्रा दुुबै, ४×१०० मिटर रिले दौड छात्र र छात्रा दुुबै, लङगजम्प छात्र र छात्रा दुुबै, हाइजम्प छात्र र छात्रा दुुबै सहभागी रहेने खेल खेलाईने छ । 
खेलकूदमा सहभागी हुने विद्यार्थी तथा खेलाडिहरुले आफ्नो विवरण खुल्ने गरी निर्धारित राप्ती गाउँपालिकाको नयमानुसारको ढाँचामा फाराम भरी गत माघ २४ गतेभित्र राप्ती गउाँपालिका शिक्षा युवा तथा खेलकूद शाखामा पेश समेत गरिसकेको बताईएको छ ।

 

तिर्थराज ज्ञवाली
माघ २७, मसुरीया(देउखुरी, दाङ)

 

आर्थिक वर्ष: