FAQs Complain Problems

समाचार

राप्ती गाउपालिकाको वडा न. २ का सबै टोलहरुमा सरसफाइ अभियान

राप्ती गाउपालिकाको वडा न. २ का सबै टोलहरुमा सरसफाई गरिएको छ । राप्ती गाउँपालिकाको पुर्ण सरसफाई योजना अन्तरगत वडा न. २ का बराखुटी टुडिखेल, कठाहा, एकतानगर लगायतका टोलहरुमा टोल सुधार समितिको सक्रियतामा शनिवार सरसफाई गरिएको वडा न. २ का वडा अध्यक्ष जगत थापाले जानकारी दिनुभएको छ ।
गाउँ टोल सरसफाई अभियानमा यस शनिवार वडा न. २ मा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल तथा वडा नं २ का वडा सचिव हेमन्त भण्डारीको सहभागीता रहेको थियो ।
सरसफाई कार्यक्रम वडा न. २ को टुडिखेलकी टोल सुधार समिति संयोजक सीता कुवर, एकता नगर टोल सुधार समिति संयोजक हिमा पुुरी, कालीका भारती, पुर्वि बराखुटी टोल सुधार समिति संयोजक मनकला भुसाल , पश्चिम बराखुटी टोल सुधार समिति संयोजक हिम प्रसाद पौडेल, कठाहा टोल सुधार समिति संयोजक नुमकला चौधरी लगायतको सहभागीतामा सरसफाई गरिएको छ ।
नियमित शनिवारीय टोल सरसफाई कार्यक्रममा प्लास्टीक तथा अन्य सड्ने खालका फोरहलाई विभाजन गरि ब्यवस्थापन गरिएको वडा अध्यक्ष जगत थापाले जानकारी दिनुभएको छ ।

 

 

आर्थिक वर्ष: