FAQs Complain Problems

समाचार

लम्पी स्किन संक्रमीत पशुको विशेषज्ञ टोलीद्धारा चेकजाच

          लम्पी स्किन संक्रमीत पशुको विशेषज्ञ टोलीद्धारा चेकजाच

राप्ती गाउँपालिका क्षेत्रमा पछिल्लो समय पशुहरुमा लम्पी स्किन संक्रमण देखा परेपछि पशु सेवा शाखाको आब्हानमा विशेषज्ञ टोलीद्धारा चेकजाच गरिएको छ । 
विभिन्न जिल्लाका गाई र भैंसीमा लम्पी स्किन नामको भाइरस फेला परिरहेको अवस्थामा राप्ती  गाउँपालिका क्षेत्रका देखापरेका विरामी पशुहरुको पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतको टोलिले चेकजाच गरेको पशुसेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिनुभएको छ । 
राप्ती क्षेत्रमा ५ वटा पशुमा लम्पी स्किन संक्रमण देखापरेपछि पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका डाक्टर कृष्ण राज पौडेलको समन्वयमा डा जितेन्द्र श्रेष्ठ र पशु स्वास्थ्य प्राविधिक मनराज सुनारको टोलिले विरामी पशुको रगत, दिशा, पीसाव, छाला, घाँउको पीप संकलन गरि पुर्ण चेकजाचको लागि लगेको पशुसेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिनुभएको छ । 
लम्पी स्किन संक्रमण देखा परेका बिरामी पशुको रगत, दिशा, पीसाव, छाला, घाँउको पीप को नतिजा आगामी शुक्रवार सम्म आईपुग्ने र थप सो रोग बारे जानकारी तथा उपचार पक्ता लगाउन सकिने डा जितेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । 
डा जितेन्द्र श्रेष्ठले पशु पालक कृषक, राप्ती गाउँपालिकाका पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायव पशु स्वास्थ्य प्राविधिक, तथा पशु स्वास्थ्य कार्यकर्तालाई लम्पी स्किन रोग र सो रोगबाट पशुलाई बचाउने उपाएको वारेमा जानकारी गराउनु भएको छ । 
लम्पी स्किनका विरामी पशुको स्वास्थ्य लाभको लागी पशु सेवा कार्यालय वाट तागतदार तथा शक्त्तिबद्धक औषधि उपलब्ध गरिएको छ । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत सर्दछ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ । यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हरेको शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिनुभएको छ ।
लम्पी स्किन रोग विशेषगरी गाई र भैंसीमा देखिने काप्री पक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चिन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो । 
यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु समेत हुन्छ ।
दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ । 

तिर्थराज ज्ञवाली 
असोज २८,मसुरीयाँ (देउखुरी दाङ)

 

आर्थिक वर्ष: