FAQs Complain Problems

समाचार

लालमटिया स्वास्थ्य चौकीबाट भिडीयो एक्सरे सेवासुरु

लालमटिया स्वास्थ्य चौकीबाट भिडीयो एक्सरे सेवासुरु

दाङ जिल्लाको राप्ती गाउँपालिका भालुवाङ स्थीत लालमटिया स्वास्थ्य चौकीबाट अल्ट्रासोनो ग्राफि अर्थात भिडीयो एक्सरे सेवा सुरु गरिएको छ ।
स्वास्थ्य चौकीको सेवा बृद्धि गरिए संगै ल्याव सेवा, प्रसुति सेवा लाई प्रभावकारी वनाउदै लैजानको लागि भिडीयो एक्सरे सेवा पनि सुरु गरिएको मेडिकल अधिकृत पुष्प भुसालले जानकारी दिनुभएको छ ।
नियमित रुपमा गर्भवति सेवा प्रदान गर्दै आएको स्वास्थ्य चौकीलाई सेवा मुखी तथा गर्भवति महिलाको बच्चाको अवस्था बारे असंख्य जानकारी हासील गरि स्वस्थ्य बच्चा जन्माउने कार्यमा सहयोग पुराउन गाउँपालिकाले सरोकारवालाहरुको समन्वयमा भिडीयो एक्सरे सेवा पनि सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको छ ।
भालुवाङ स्थीत लालमटिया स्वास्थ्य चौकीबाट भिडीयो एक्सरे, सेवा मार्फत गर्भवति चेकजाच, सामान्य भिडीयो एक्सरे ,पेटको भिडीयो एक्सरे ,पीत्त थैली, मृगौला, पाटेघर, पीसाव थैलीका समस्या पहिचान तथा पत्थरी रहे नहरेको वारेमा समेत जानकारी गरिदै आएको छ ।
स्वास्थ्य चौकी सञ्चालनमा सहयोग पुराउने उदेश्यले प्राईभेट स्वास्थ्य संस्थाभन्दा ५० प्रतिशत छुटमा भिडीयो एक्सरे सेवा दिदै आईएकोमा निकट भविस्यमा सेवाग्राहिलाई निशुल्क भिडीयो एक्सरे सेवातथा अन्य विशेष सेवा दिने योजना बनिरहेको र सुविधा सम्पन्न अस्पतालको रुपमा विकासको लागि समेत सो स्वास्थ्य चौकीलाइ स्तर बृद्धि गरिन थालेको वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिनुभएको छ ।
अर्घाखाचि, प्ययुठान र दाङ तिन जिल्लाको केन्द्रमा रहेको लालमटिया स्वास्थ्य चौकीको अवस्थामा बृद्धि गर्दै आकस्मीक विरामी भर्ना तथा सामान्य सल्यक्रियाको सेवा दिने तयारी समेत गरिएको छ ।
तिर्थराज ज्ञवाली
भदौ २८, भालुवाङ (देउखुरी दाङ)

आर्थिक वर्ष: