FAQs Complain Problems

समाचार

लालमटिया स्वास्थ्य चौकी को अवस्था तथा कार्य प्रगति बुझ्दै गाउँपालिका

लालमटिया स्वास्थ्य चौकी को अवस्था तथा कार्य प्रगति बुझ्दै गाउँपालिका

नागरिकलाई स्वास्थ्य सेवा कसरी दिईरहनुभएको छ , समस्या केके छन् भनेर राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले लालमटिया स्वास्थ्य चौकी प्रमुखलाई सोध्दा प्रमुख झवीलाल कडेलले समस्या तथा अवस्थाको लिस्ट बुझाउदै जसोतसो सेवा दिदै आएको बताउनु भएको छ ।
लालमटिया स्वास्थ्य चौकी भालुवाङका प्रमुखले राखेका समस्या तथा अवस्थामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले साना तिना विषयको कारणले नागरिकले दुख पाउन नहुने साथै बजेट अभाव छ भनि नागरिकको उपचारमा दिनुपर्ने न्युनतम सेवा सुविधा नरोक्न, मातृशिशु सुरक्षा तथा प्रसुति सेवालाई  प्रभाबकारी बनाउन निर्देशन गर्नु भएको छ । अध्यक्ष सुवेदिले गाउँपालिका मार्फत तत्काल गर्न सकिने ब्यवस्थाको समन्वय गर्न गाउँपालिका प्रशासन तथा स्वास्थ्य शाखालाई जिम्मेवारी दिनुभएको छ ।
लालमटिया स्वास्थ्य चौकीको निर्माणाधिन भवन, खाली चौर, सरसफाई, पीउने पानी, विरामी विश्राम स्थल, प्रशुति कक्ष, औषधिको प्रर्याप्तता, एम्बुलेन्स सेवा, कर्मचारीको अवस्था लगाएतका विषयमा राप्ती गाउँपालिका स्वास्थ्य शाखाका संयोजक तथा सह संयोजक नारायण राउत र नवराज शर्माले लालमटिया स्वास्थ्य चौकी प्रमुख  कडेललाई अवगत गराउन आग्रह गर्नुभएको थियो ।
लालमटिया स्वास्थ्य चौकीको निर्माणाधिन भवनको निर्माण कार्यमा डिलासुस्ती भएको पाईएकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले  कार्य स्थलबाटै निर्माण जिम्मा पाएको ठेकेदारदाई फोन मार्फत काम छिटोगर्न निर्देशन गर्नु भएको छ ।
लालमटिया स्वास्थ्य चौकीको हालको अवस्था, गति  प्रगतिको वारेमा बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रि लगाएतको टोलीले लालमटिया स्वास्थ्य चौकीको विविध पक्षको सुधारका लागि गाउँपालिकाले अनुगमन गरेको हो ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको नियमीत कार्यक्रम अन्तरगत लालमटिया स्वास्थ्य चौकीको समस्या समाधानकालागि गाउँपालिकाबाट गर्न सकिने सहयोगको वारेमा स्थलगत निरीक्षण समेत गरिएको छ । सो निरिक्षणको क्रममा सेवाग्राहिवाट स्वास्थ्य चौकीको सेवा सुविधा बारे जनमत फारम समेत भरिएको छ ।
अनुगमनमा लालमटिया स्वास्थ्य चौकी संञ्चालक समितिका पदाधिकारीको समेत सहभागीता रहेको र सो गाउँपालिकाको जिम्मेवार पदाधिकारीलाई स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याउन सहयोग गर्न समेत आग्रह गरिएको संञ्चालक समितिका उपाध्यक्ष कमल केसीले बताउनु भएको छ ।

तिर्थराज ज्ञवाली
बैशाख ११,भालुवाङ(देउखुरी दाङ)

आर्थिक वर्ष: