FAQs Complain Problems

समाचार

लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन सम्वन्धमा शुक्रवार सरोकार वालाहरुको बैठक सम्पन्न भएको छ ।

           स्थायी राजधानीको ब्यवस्थापन सम्वन्धमा बैठक

लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन सम्वन्धमा शुक्रवार सरोकार वालाहरुको बैठक सम्पन्न भएको छ ।
मुख्यमन्त्रीको कार्यालयमा भएको बैठकमा तिन मन्त्रि, स्थायी राजधानी रहने पालिका प्रमुख, दाङ र अर्घाखाचिका प्रमुख जिल्ला अधिकारी, दुबै जिल्लाका मालपोत प्रमुखहरुको सहभागीता रहेको थियो ।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलले स्थायी राजधानीको ब्यवस्थापनका वारेमा सुझाव दिने र लिने गर्नु भएको छ  भने स्थायी राजधानी रहने पालिका प्रमुख राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव र सितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले पालिकाहरुको जग्गाको अवस्था, बन क्षेत्र, ऐलानी क्षेत्र, बजार क्षेत्रका बारेमा जानकारी गराउदै प्रदेश सरकार लाई गर्न सम्ने सहयोगका वारेमा जानकारी गराउनु भएको थियो ।
मुख्यमन्त्रि शंकर पोख्रेलले अवको राजधानीको स्वरुपलाई भर्जिन ल्याण्डबाट दिर्घकालीन योजनाका साथ मास्टर प्लान निमाण गरि ब्यवस्थीत शहर बनाईने हुदा जग्गा विक्रि वितरणमा पुर्ण रुपमा रोक लगाउन निर्देशन समेत गर्नु भएको छ । मुख्यमन्त्रि शंकर पोख्रेलले अवको राप्ती उपत्यका देउखुरी उपत्यका विकसीत शहर बन्ने हुदा कृषि, बसोबास, बजार, हरित क्षेत्र स्थान निर्धारण गर्न समेत पालिकाहरुलाई निर्देशन गर्नु भएको छ । 
स्थायी राजधानीको ब्यवस्थापनका लागि पुर्वाधार विकास प्राधिकरणको कार्यालय तत्काल राप्ती गाउँपालिका क्षेत्रमा स्थापना गर्ने समेत  बैठकमा मुख्यमन्त्रि शंकर पोख्रेलले जानकारी दिनु भएको छ । 
बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन गर्न प्रारम्भिक चरण देखीने गाउँपालिकाले हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । 
बैठकमा प्रदेश मन्त्रिहरु लिला गिरी, बैजनाथ चौधरी, आरती पौडेल, प्रमुख सचिब तोयनारायण ज्ञवाली, सचिव भरतमणि सुवेदि,नारायण प्रसाद शर्मा दुवाडि, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल,मालपोत कार्यालय लमहि प्रमुख रमेश बहादुर बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।

तिर्थराज ज्ञवाली
असोज २३, बुटवल 

आर्थिक वर्ष: