FAQs Complain Problems

समाचार

वडा नं ६ मा फुटवल, भलिबल खेल प्रतियोगीता सुरु

वडा नं ६ मा फुटवल, भलिबल खेल प्रतियोगीता सुरु

खेलाडिको पहिचान तथा विकासको लागि राप्ती गाउँपालिका वडा नं ६ ले गाउँ स्तरिय फुटवल तथा भलिबल प्रतियोगीता सुरु गरेको छ ।
राप्ती गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीको अध्यक्षतामा भएको खेल उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवदिले गाँउपालिकाले खेल, खेलाडिको खेलस्तरमा बृद्धिगर्दै समाज र राष्ट्रलाई पहिचान दिन सक्ने खेलाडि निर्माणका लागि खेलकुद प्रतियोगीता आयोजना गरिदै आएको बताउनु भएको छ ।
मंगलवार देखी सुरु भएको प्रतियोगीतामा बगरापुर, सगरापुर, पत्थरगढवा, भगवानपुर र मझेरीया गाउँका युवा क्लव तथा बाल क्लवहरुले सहभागीता जनाएका छन् । 
फुटवल, भलिबल खेल प्रतियोगीतामा ११ टिमले सहभागीता जनाएको वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
फुटवल, भलिबल खेल प्रतियोगीता उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी लगायतकाले खेल र खेलाडिलाई शुभकामना दिनु भएको छ ।
विजेता खेल समुहहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिने भएको छ ।
 

 

तिर्थराज ज्ञवाली
माघ ७ बगरापुर(देउखुर दाङ)

आर्थिक वर्ष: