FAQs Complain Problems

समाचार

विकट बस्तीमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण

विकट बस्तीमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण
तिर्थराज ज्ञवाली
१० बैशाख, थकरीकोट(देउखुरी दाङ)
राप्ती गाउँपालिका का वडा नं ५ को विकट बस्तीमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
चालु आर्थिक वर्ष २०७५। ७६ को दोस्रो चौमासिक अन्तरगतको सामाजिक सुरक्षा भत्ता बैकको टोली सहित विकट बस्ती पुनखोला, थकरीकोट, करङगेमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
एन आई सी बैक सिसहनियालाई सामाजिक सुरक्षा भत्तापाउने नागरिकलाई घर दैलोमै गएर भत्ता वापतको रकम वितरण गर्न अनुरोध गरिएको र बैकले सहजै स्वीकार गरि कर्मचारी टोली गै २४ जना नागरिकलाई सुरक्षा भत्ता वितरण गरिएको वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताउनु भएको छ ।
वडा नं ५ को विकट बस्ती मानिने पुनखोला, थकरीकोट, करङगेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुलाई सहज होस भनि बैक संगको सहकार्यमा वडाका कर्मचारी तथा बैकका कर्मचारीहरु द्धारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा नं ५ का वडा सचिव शेर बहादुर हमालले जानकारी दिनुभएको छ ।
जेष्ठ नागरिक १२ जना, विघुवा १० जना र अति अशक्त्त २ जना लाई टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आगामी दिनमा विकट तथा सुगम स्थानका सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नागरिकलाई घरघरमै सेवा पुराउन बैक लागिरहेको टोलीमा खटिएका एन आई सी बैक सिसहनियाका निमीत्त शाखा प्रमुख कमल अर्यालले जानकारी दिनुभएको छ ।
पछिल्लो समयमा नेपाल सरकारले बैक मार्फत सामाजिक सुरक्षा भक्ता दिने निर्णय गरेपछि असक्त्त, बृद्धहरुलाई समस्या परिरहेको अवस्थामा पुनखोला, थकरीकोट, करङगेका सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नागरिकलाई वडा नं ५ र एन आई सी बैक सिसहनियाको सहकार्यमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

आर्थिक वर्ष: