FAQs Complain Problems

समाचार

वि.पी. आधारभुत र ईन्द्रेनि ईग्लीस बोडिङमा बार्षिक उत्सव अभिभावक भेला तथा

वि.पी. आधारभुत र ईन्द्रेनि ईग्लीस बोडिङमा बार्षिक उत्सव अभिभावक भेला तथा

राप्ती गाउँपालिकाका अधिकाम्स विद्यालयको आईतवार श्री पञ्चामकिो अवसरमा बार्षिक उत्सव तथा सरस्वती पुजा विशेष कार्यक्रम सम्पन्न भएको छन् ।
राप्ती गाउँपालिकाका प्रबक्ता तथा सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले आईतवार श्रीपञ्चमीका दिन वि.पी. आधारभुत विद्यालय राप्ती गाउँपालिका वडा नं ३ बसन्तापुर को वार्षिक अभिभावक भेला तथा ईन्द्रेनि ईग्लीस बोडिङ स्कुल राप्ती गाउँपालिका वडा नं ६ पत्थरगढवाको तेस्रो बार्षिक उत्सव तथा सरस्वती पुजा विशेष कार्यक्रममा प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
भिन्ना भिन्नै कार्यक्रममा प्रबक्ता तथा सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले राप्ती गाउँपालिका हरेक बालबालीकाको शिक्षाको अधिकारलाई पुरा गर्न विद्यालय तथा शिक्षक, विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा लागीरहेको बताउनु भएको छ । 
कार्यक्रममा चौधरीले निजी तथा सरकारी दुबै शिक्षादिने स्थलभएकाले दुबै खाले विद्यालयको प्रत्यक्ष निगरानी समेत स्थानिय सरकारले गरिरहेको बताउनुभएको छ । जसको कारण दुबैखाले विदालयमा शिक्षाको गुणस्तरमा सुधारआउदै गरेको समेत दावी गर्नुभएको छ ।
 

 

तिर्थराज ज्ञवाली(दाङ)
२७ माघ मसुरीया

आर्थिक वर्ष: