FAQs Complain Problems

समाचार

श्री माध्यामकि विद्यालयको गत बुधवार ५७ बार्षिक उत्सव तथा अभिभावक भेला

श्री माध्यामकि विद्यालयको गत बुधवार ५७ बार्षिक उत्सव तथा अभिभावक भेला

राप्ती गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्दै विद्यार्थीको उज्वल भविश्य निर्माण गर्ने योजनाका साथ कार्य गर्दै आईरहेको अवस्थामा राप्ती क्षेत्रका  पाँच विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्दै  विद्यालय, विद्यार्थी तथा शिक्षकको स्तर र गुणस्तरमा बृद्धिगर्ने कार्यको सुरुवात भएको छ ।
राप्ती क्षेत्रका ३१ सामुदायिक विद्यालयको हरेक क्षेत्रमा राम्रो बनाउन गाउँपालिका लाग्दै गर्दा पाँच बिद्यालयलाई प्रथम चरणमा नमुना विद्यालयको रुपमा विकास गर्न विद्यालयलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग समेत गरिएको छ ।
राप्ती गाउँपालिकाले नमुना विद्यालयको रुपमा विकास गर्न लागरहेका विद्यालयहरु मध्यको उत्कृष्ट विद्यालयको रुपमा चिनिदै आउको  वडा नं ४ स्थीत श्री माध्यामकि विद्यालयको गत बुधवार ५७ वाषर््ोिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाषिक प्रगति प्रतिवेदन विद्यालयकी प्रधानाध्यापक सिता रिजालले, विद्यालयकी शिक्षिका किरण सेनको स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेर्ती, राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी, स्रोत व्यक्ति राजेन्द्रप्रसाद घिमिरे, विद्यालयका पुर्व प्रअ विश्वराज आचार्य, शिक्षक तथा बुद्धिजिवी, पत्रकार महेश रिजाल, विद्यार्थीहरु सरोज ज्ञवाली, अमिसा चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त  गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न शिक्षक कर्मचारीहरुलाई सम्मान, खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण, साँस्कृतिक कार्यक्रम गर्नुका साथै क्षितिज पोख्रेलले विद्यालयलाई ५१ ह्जारको अक्षयकोष समेत स्थापना गर्नुभएको छ  । ५७ औ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रमको सञ्चालन शिक्षक केशव आचार्यले गर्नु भएको थियो ।
 

आर्थिक वर्ष: