FAQs Complain Problems

सहकारी खुल्नु मात्र ठुलो कुरा होईन, जनहिताए हुनसक्नु ठुलो कुरो हो ः प्रबक्ता चौधरी

सहकारी खुल्नु मात्र ठुलो कुरा होईन, जनहिताए हुनसक्नु ठुलो कुरो हो ः प्रबक्ता चौधरी
तिर्थराज ज्ञवाली 
११ कार्तिक, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाका प्रबक्ता एवं सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले सहकारी खुल्नु ठुलो कुरा नभएको तर सहकारीले के कति नागरिकको दैनिक जिवन सुधारको लागि काम गर्न सफल भयो भन्ने कुरा महत्वपुर्ण रहेको बताउनु भएको छ ।
सेवक कृषि सहकारी संस्था राप्ती गाउँपालिका वडा नं ७ को सातौ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती गाउँपालिकाका प्रबक्ता एवं सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले सहकारीहरु धेरै रहेकोमा उदाहरणीय कार्यगर्ने सहकारीमात्र समाजमा परिचित र संस्थागतहुदै जाने भएकोले सबै सहकारीहरु जनतामुखी हुनुपर्ने बताउनु भएको छ ।
सेवक कृषि सहकारी संस्था राप्ती गाउँपालिका वडा नंं ७ की अध्यक्ष सुविता चौधरीको अध्यक्षता राप्ती गाउँपालिकाका प्रबक्ता एवं सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको प्रमुख आथित्यता, वडा नं ५ का अध्यक्ष गोबर्धन रावत, वडा नं ६ का अध्यक्ष बेदप्रसाद चौधरी, मुक्तकमलरी विकास मञ्चकी सहकारी अधिकृत शिवा चौधरीको विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रममा सचिव अमिता चौधरीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी चौधरीले ५१ लाख बरावरको पुजि विवरण प्रस्तुत गर्नुभएको थियो ।
हालसम्म ५ सय १ सदस्य मुख्यगरि मुक्त्त कमलरि तथा उनका परिवारहरु सदस्य रहेको र मुक्त्त कमलरिहरुको आय स्तर तथा जिवनस्तर सुधारमा विशेष कार्य गर्दै आएको सेवक कृषि सहकारी संस्थाले कृषि ब्यवसाय, पशुपालन, तरकारी खेती, ब्यापार ब्यवसाय सञ्चालनको लागि मुक्त्त कमलरि तथा उनका परिवारहरुलाई लगानी गर्ने गरेको छ ।

आर्थिक वर्ष: