FAQs Complain Problems

समाचार

सहकारी दिवश मनाउन छलफल

सहकारी दिवश मनाउन छलफल
राप्ती गाउँपालिकामा ६२ औ सहकारी दिवश मनाउने कार्यक्रमलाई ब्यवस्थीत गर्न आईतवार गाउँपालिकामा छलफल गरिएको छ ।
दिगो विकास लक्ष्य प्राप्तकिा लागि सहकारी भन्ने नारा सहित राप्ती गाउँपालिकामा यहि चैत्र २० गते  सहकारी सम्वन्धी लोक गीत प्रतियोगीताको आयोजना गरिने कार्यक्रम रहेको छ । 
कार्यक्रम संयोजक राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख महेश अधिकारीको अध्यक्षता राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा सम्पन्न छलफलमा विभिन्न जिम्मेवारी बाडफाड गरिएको छ ।
छलफलमा मन्च ब्यवस्थापन, कार्यक्रम ब्यवस्थापन सञ्चालन, अतिथी स्वागत, मुल्याङकन, प्रमाण पत्र पुरस्कार ब्यवस्थापनका लागि जिम्मेवारी बाडफाड गरिएको छ ।
छलफलमा उपाध्क्ष जगदम्वा कुमारी चौधरी, वडा नं १ का अध्यक्ष तारा बहादुर डिसी, सदस्य सचिव दयाराम चौधरी, परमेश्वरी ज्ञवाली, देव प्रसाद चौधरी, जिवराज शर्मा, विष्णु गुरुङ, अशोक पोख्रेल, कुसुम चौधरी लगाएतको सहभागीता रहेको थियो ।
६२ औ सहकारी दिवश भब्य र सभ्य  तवरले मनाउनका लागि राप्ती क्षेत्रका सहकारीहरु एकजुट भएको सहकारी नेताहरुले बताउनु भएको छ ।

 

तिर्थराज ज्ञवाली
१७ चैत्र मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: