FAQs Complain Problems

समाचार

सहयोग गर्ने मन भएकालागि धनले नछेक्ने र नागरिकहरु सामाजिक भावनाका भएमा समाजमा राम्रो कामहुन्छ ः अध्यक्ष सुवेदि

सहयोग गर्ने मन भएकालागि धनले नछेक्ने र नागरिकहरु सामाजिक भावनाका भएमा समाजमा राम्रो कामहुन्छ ः अध्यक्ष सुवेदि

जनकल्याण प्राथमिक विद्यालयको शैक्षिक, भैतिक तथा आर्थिक बृद्धि एवं सुधारमा रावत परिवारको अमुल्य साथ र सहयोगको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले खुलेर प्रशंसा गर्नुभएको छ ।
राप्ती गाउँपालिका ५ कालापानीमा अवस्थीत जनकल्याण प्राथमिक विद्यालयको  स्थापना कालदेखीनै समाजमा प्रतिष्ठीट समाजसेवी रावत परिवारले विद्यालय स्थापनाका लागि जग्गा तथा भौतिक निर्माण एवं बालबालीका प्रोत्साहनका लागि  गरेको कार्यको अध्यक्ष नुमानन्द सुवेदिले प्रशंसा गर्नुभएको हो ।
मंगलवार जनकल्याण प्राथमिक विद्यालय राप्ती गाउँपालिका ५ कालापानीमा स्वर्गीय देवि बहादुर रावतको ९५औ स्मृती दिवशको अवसरमा छोेरा बसन्त कुमार रावत तथा परिवारहरुले विद्यालयका बालबालीका लाई शैक्षिक शामाग्री वितरण, पानी फील्टर प्रदान , १ लाख ५ हजार ५ साय ५५ रुपैयाको अक्षयकोषको निर्माण तथा स्वास्थ्य शिवीरको आयोजना उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले सहयोग गर्ने मन भएकालागि धनले नछेक्ने र नागरिकहरु सामाजिक भावनाका भएमा समाजमा राम्रो असल कार्यहुने बताउनु भएको छ ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समति अध्यक्ष अकादशनी चौधरीको अध्यक्षता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, दाता बसन्त कुमार रावत, ५ नं वडा अध्यक्ष गोवर्धन रावत, ६ नं वडा अध्यक्ष बेद प्रसाद चौधरी, ७ नं वडा अध्यक्ष विद्याशरण चौधरीको विशिष्ठ आथित्यतामा आयोजीत कार्यक्रममा स्वर्गीय देवि बहादुर रावतको ९५औ स्मृती दिवशको अवसरमा छोेरा बसन्त कुमार रावत तथा रावत परिवारहरुले आगामी दिनमा कालापानीको विद्यालयमा थप सहयोग गर्ने समेत  रेशम रावतले बताउनु भएको छ ।
विद्यालयकी प्रधानाध्यापक गीता चौधरीको स्वागतबाट सुरु गरिएको कार्यक्रमको सञ्चालन देब प्रसाद चौधरीले गर्नुभएको थियो ।

 

तिर्थराज ज्ञवाली
७ फागुन, मसुरीया(दाङ)

आर्थिक वर्ष: