FAQs Complain Problems

सांसदहरुद्धारा राप्ती क्षेत्रमा भेटघाट

सांसदहरुद्धारा राप्ती क्षेत्रमा भेटघाट

राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र लुम्बिनी प्रदेशको केन्द्रको रुपमा छनौट भए संगै बुधवार काग्रेश सांसदहरुले राप्ती क्षेत्रमा भेटघाट गर्नु भएको छ ।

प्रदेश को राजधानी तोक्ने बारेमा मतदान भए पश्चात नेपाली काग्रेशका तर्फवाट समर्थन गर्ने ५ सांसदले राप्ती गाउँपालिकामा नागरिक तथा जनप्रतिनिधि संग भेट गर्नु भएको हो ।

प्रदेश राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गर्न काग्रेशको तर्फवाट मतदान गर्नुहुने दाङ, बाके र बर्दिया जिल्लाका सांसद डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, राजु अन्सारी, भुवनेश्वर चौधरी र शंकर गीरीले राप्ती गाउँपालिकामा नागरिक तथा जनप्रतिनिधि संग भेट गर्नु भएको हो ।

भेटघाटको क्रममा काग्रेश सांसदहरुले पार्टिलाई उच्च स्थानमा राख्दै प्रदेश भरिका नागरिकको सम्मान र संघियताको मर्मलाई सस्थागत गर्न प्रदेशसभा बैठकमा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्तावमा मतदान गरेको बताउनु भएको छ ।

प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बन्ने निर्णय भएको छ ।

तिर्थराज ज्ञवाली

असोज २१, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: