FAQs Complain Problems

समाचार

सिकिस्त बिरामी बाहेक सबैलाई हात्तीपाइलेको औषधी निर्धक्क खान आग्रह

सिकिस्त बिरामी बाहेक सबैलाई हात्तीपाइलेको औषधी निर्धक्क खान आग्रह

 

राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले अति सिकिस्त रोगका बिरामी बाहेक सवैलाई निर्धक्कका साथ हात्तीपाइलेको औषधी सेवन गर्न आग्रह गरेका छन् ।

राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा सोमबार हात्तीपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै राउतले सो आग्रह गरेका हुन् ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राउतले फागुन १५ गते देखि औषधी खुवाउने कार्यक्रममा यस पटक स्वास्थ्यकर्मीहरूले नै आफनो हातबाट औषधी खुवाइने हुदा गर्भवती , ७ दिन सम्मका सुत्केरी आमा, दिर्घरोगी,छारे रोगी ,२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई भने औषधी खान नहुने बताएका छन् ।

कार्यक्रममा फाइलेरिया रोगको परिचय,लक्षण,बच्ने उपाय,औषधी सेवन गर्ने तरिका लगायतका विषयमा जानकारी गराइएको थियो । राप्ती गाउँपालिकाको ९ वटै वडामा १५ गते बुथ(बुथमा औषधी खुवाउने कार्यक्रम छ भने १६ गते देखि २० गते सम्म घरदैलोमै पुगि औषधी खुवाउने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नारायण राउतले गरेका थिए कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा उपप्रमुख नवराज शर्माले गरेका थिए ।

आर्थिक वर्ष: