समाचार
सिसहनियाँमा १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास ।
मंसिर १५, २०७७
सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम थालनि गर्न भवनको शिलान्यास गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको स्वागत मन्तब्य तथा बैदिक मन्त्रोच्चारणका साथ सङ्घीय सांसद गंगा चौधरीले भवनको शिलान्यास गर्नु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।
अस्पताल भवनका लागि आवस्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानिय नागरिकको सहयोग तथा सरोकारवालाहरुको सहयोगमा करिव १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाको लागि समेत पहल गरिने वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले जानकारी दिनु भएको छ ।
१५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको र अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानिय पालिकालाई आंशिक बजेट समेत पठाईसकेको ले तत्काल भवनको लागल ईष्टिमेट, डिपीआर तथा सोयल टेस्टको काम अघि बढाईने गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले जानकारी गर्नु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ शैयाको अस्पताल हुनेमा राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्य चौकी, पश्चिम दाङको दंगीशरणमा श्रीगाउँ स्वास्थ्य चौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकी, शान्तीनगरको बाघमारे स्वास्थ्य चौकी र बंगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकी रहेका छन् । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।