FAQs Complain Problems

समाचार

सिसहनियामा सवारी चालकको स्वास्थ्य परिक्षण 

 

 

सिसहनियामा सवारी चालकको स्वास्थ्य परिक्षण 

सवारी चालकहरु अस्वस्थ्यहुदा सिङ्गो सवारीसाधनमा यात्रागर्ने यात्रुनै असुरक्षित हुने भएकोले यात्रुवाहक तथा मालबाहक सवारी साधनका चालकहरु स्वस्थ्य हुनु आवस्यक रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले एक कार्यक्रममा बताउनु भएको छ ।
अध्यक्ष नुमानन्द सुवेदिले आजभोली चालकको अस्वस्थ्यता, मानसिक तनाव, शारिरिक थकान लगाएतका कारणले दुर्घटना बढ्दै गएको पाईएकोले सवारी चालकहरु पुर्ण रुपले स्वस्थ्य र तनावरहित हुन आवस्यक रहेको बताउनु भएको छ ।
अध्यक्ष नुमानन्द सुवेदिले राप्ती गाउँपालिका वडा नं ५ को सिसहनिया बजारमा समुदाय प्रहरी साझेदारीले आयोजना गरेको सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर उद्घाटन कार्यक्रममा यस्तो बताउनु भएको हो ।
राप्ती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तथा सिसहनिया समुदाय प्रहरी साझेदारी संयोजक गोवर्धन रावतको अध्यक्षता राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता,उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा सुरु भएको सवारी चालकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रममा पुर्ब पश्चिम राजमार्गमा आवत जावत गर्ने हलुका, ठुला, मालबाहक, यात्रुवाहक सवारी साधनका चालकहरुको आखा, रक्त्तचाप, मधुमेह, शारिरिक स्फुरता लगाएतका निशुल्क परिक्षण गरिनुका साथै चिकित्सक बाट स्वास्थ्य परामर्श समेत दिईएको छ ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा आयोजकको तर्फवाट बोल्दै ईलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र राज पाण्डेले प्रहरी सबैको साथीहो, नियम र कानुनको परिधिमा रहेर सबै नागरिकको सेवामा समपर्ण रहने प्रहरीले यात्रुहरुको जिउ ज्यानको सुरक्षाका लागि सवारी चालकको स्वास्थ्य परिक्षण गरेको र चालकलाई पनि आफ्नो कार्य ब्यस्तताले स्वास्थ्य चेकजाच गर्न नभ्याउने हुनाले पनि यात्राकै क्रममा स्वास्थ्य चेकजाच गरेको बताउनु भएको छ ।
कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं ८ को वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, जिल्ला ट्राफीक कार्यालय दाङका प्रहरि निरिक्षक मदन बहादुर कुवर, सिसहनिया उद्योग बाषिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, महासचिव ईश्वरी अधिकारी, स्वास्थ्य चौकी सिसहनियाका चिकीत्सक पुष्प भुसाल, हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट, प्रगतिनगर खानेपानीका अध्यक्ष शान्तराज पन्थी, पत्रकार केपी घिमीरे, टोल विकास संस्थाका देव प्रसाद चौधरी लगाएतकाले समुदाय प्रहरी साझेदारीले गर्दै आउको कार्य तथा सवारी चालकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रमको प्रसंसा गर्नुभएको थियो ।

संञ्चार संयोजक
तिर्थराज ज्ञवाली
२६ पौष, सिसहनिया,दाङ

आर्थिक वर्ष: