FAQs Complain Problems

समाचार

सिसहनिया उद्योग बाणिज्य संघको अभियान ः कानुन सम्मत ब्यापार, खुला मदिरा बहिस्कार

सिसहनिया उद्योग बाणिज्य संघको अभियान ः कानुन सम्मत ब्यापार, खुला मदिरा बहिस्कार 

सिसहनिया उद्योग बाणिज्य संघले  शुक्रवार ब्यापक रुपमा आफ्नो अभियान  कानुन सम्मत ब्यापार, खुला मदिरा बहिस्कार” भन्ने नारालाई  आफ्नो कार्यक्षेत्र भित्र लागुगर्न सिसहनिया उद्योग बाणिज्य संघको पदाधिकारी सहितको टोलीले हरेक ब्यवसायीहरु संग भेटघाट गर्ने  कार्य सुरु गरेको छ ।
सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी तथा पुर्ब अध्यक्ष पुर्ण बहादुर विसीको नेतृत्वमा हरेक ब्यवसायीहरु संग भेटघाट गर्ने कार्य सुरु गरिएको  संघका सचिव मदन पोख्रेलले जानकारी दिनुभएको छ ।
सिसहनिया उद्योग बाणिज्य संघको पछिल्लो साधारण सभा तथा अधिबशन पश्चात कार्यक्षेत्रका हरेक ब्यवसायीहरु संग भेटघाट गरिने, अब्यवस्थीत, खुल्ला मदिरालाई नियन्त्रण गर्न तथा आफ्नो ब्यवसायलाई आवस्यक रहने कार्यालयमा दर्ता, नविकरण जस्ता कार्य समयमै गर्न अनुरोध गर्दै भेटघाट अभियान चलाईएको महासचिव ईश्वरी अधिकारीले बताउनु भएको छ ।
ब्यापारीको हकहितको रक्षाका लागि सिसहनिया उद्योग बाणिज्य संघ लागीरहेको र कानुन सम्मत पेशा ब्यवसाय गर्न सके ब्यवसाय समेत फस्टाउन सक्नेहुदा नियम कानुनको परिधिमा सबै ब्यापारी रहनुपर्ने आवस्यक रहेकाहुदा सबै ब्यापारी लाग्नुपर्ने सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज शर्माले भेटघाटका क्रममा ब्यापारीहरुसंग अनुरोध गर्नुभएको छ ।
सिसहनिया उद्योग बाणिज्य संघको पदाधिकारी सहितको टोलीले हरेक ब्यवसायीहरु संग भेटघाट गर्ने  क्रममा ग्राहक तथा सेवाग्राहिको स्वास्थ्य तथा सहजताकोलागि समेत  म्याद सकिएका  खाद्य तथा अन्य  उपभोग्य सामाग्री विक्रि वितरण नगर्न समेत अनुरोध गरेको संघका सदस्य सनिप ज्ञवालीले बताउनु भएको छ 
साथै सिङ्गो संघको पदाधिकारीहरु ब्यवसायीहरु संग भेटघाट गर्ने  क्रममा राप्ती गाउँपालिका वडा नं ७ भानपुरमा साईकल मर्मत ब्यवसाय सञ्चालन गर्दै आएका एक हात दुर्घटनामा गुमाएका  महेश चौधरीलाई  ब्यवसाय सञ्चालन तथा प्रोत्साहन पुर्वक संघ को सदस्यता तथा आवद्धता शुल्क मिनाहा गर्ने  निर्णय समेत गरि निशुल्क महेश साईकल मर्मत पसलको सदस्यता तथा आवद्धता प्रदान गरिएको छ ।  साथै ब्यवसाय सञ्चालनमा सहयोगहोस भनि दुर्घटनामा गुमाएका  महेश चौधरीलाई  महासचिव ईश्वरी अधिकारी र  सचिव मदन पोख्रेलले नगद पाँच पाँच सय प्रदान गर्नुभएको सिसहनिया उद्योग बाणिज्य संघका प्रेश सल्लाहकार तिर्थराज ज्ञवालीले जानकारी दिएका छन् ।

 

तिर्थराज ज्ञवाली
 १८ माघ सिसहनिया (दाङ्ग)

आर्थिक वर्ष: