FAQs Complain Problems

समाचार

सिसहनिया उद्योग बाणिज्य संघमा करदात अभिमुखीकरण कार्यक्रम

सिसहनिया उद्योग बाणिज्य संघमा करदात अभिमुखीकरण कार्यक्रम

सिसहनिया उद्योग बाणिज्य संघले आफ्ना ब्यापारी तथा उद्योगी बर्गको हितकालागि १ दिने करदात अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता आन्तरिक कर कार्यालय तुल्सीपुरका प्रमुख लिला प्रसाद शर्माको प्रमुख आथित्थ्यतामा सिसहनिया उद्योग बाणिज्य संघका कार्यसमिति एवं साधारण सदस्यहरुलाई करका बारेमा आईपर्ने बिबिध समस्या समाधानका लागि कर कार्यालयका कर विज्ञहरुबाट जानकारी गराईएको छ ।
नियमीत कर, आकस्मकि कर, अन्त शूलक, राजश्व, ब्यापार कर, मदिरा कर, ब्यवसाय अनुसारको कर, भुलचुक कर, छली कर लगाएत दैनिक कारोवारमा आईपरेका करका विभिन्न समस्या तथा समाधानका विषयमा १ दिने करदात अभिमुखीकरण कार्यक्रम जानकारी गरिएको सिसहनिया उद्योग बाणिज्य संघका महासचिव ईश्वरी अधिकारीले जानकारी गराउनुभएको छ  ।
सिसहनिया उद्योग बाणिज्य संघको अभियान अन्तरगत आफ्नो मातहतमा आवद्ध ब्यापारीहरु नियममा बाधिएर असल कारोवार गर्ने गराउने उदेश्य अनुसार सिसहनिया उद्योग बाणिज्य संघले १ दिने करदात अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सचिव मदन पोख्रेलले जानकारी दिनुभएको छ ।
ब्यापारीको हक हितको लागी १ दिने करदात अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको र यस कार्यक्रमले पक्कैपनि ब्यापारीहरुलाई आगामी दिनमा करको अल्झन तथा समस्या समाधानमा सहयोग पुगेको अध्यक्ष शान्तराज भण्डारीले बताउनु भएको छ ।
कार्यक्रममा  पुर्व अध्यक्ष पुर्णबहादुर विसिले ईमान्दारी पुर्वक ब्यापार गर्दा सहजता मात्रनभै पुरस्कार समेत प्राप्त गर्न सकिने बताउनु भएको छ । कार्यक्रममा आन्तरिक कर कार्यालयका प्रमुख लिला प्रसाद शर्माले ब्यापार असल नियतका साथ गर्न साथै असल करदाता बनि पुरस्कृतहुन समेत सहभागी ब्यापारीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
सिसहनिया उद्योग बाणिज्य संघको आयोजनामा आयोजीत १ दिने करदात अभिमुखीकरण कार्यक्रमको प्रावीधिक सहयोग आन्तरिक कर कार्यालय तुल्सीपुरले गरेको थियो ।

 

तिर्थराज ज्ञवाली
७ फागुन, सिसहनिया(दाङ)

आर्थिक वर्ष: