FAQs Complain Problems

स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा

स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा
तिर्थराज ज्ञवाली
पौष ६, मसुरीया (देउखुरी दाङ)
स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा कार्यक्रम समन्वय वैठक आईतवार राप्ती गाउँपालिकामा आयोजना गरिएको छ ।
नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजनामा स्थानिय स्तरमा वडा गतरुपमा जलवायु उत्थानशिल योजना तर्जुमाका लागी वडा स्तरीय संकटासन्नता क्षमता लेखाजोखा, लक्षित समुह छलफल गरिएको छ । 
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा वडा गत रुपमा विपद तथा जलवायु उत्थानशिल योजना प्रस्तुत गरिएको छ । कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रको  आगामी योजना तथा विपद तथा जलवायु उत्थानशिल योजनाबारे वातावरण विद साजन न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।
स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माणगरि गाउँपालिकाको समग्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, जलवायु परिवर्तन अनुकुलनका क्रियाकलापहरुलाई योजनावद्ध ढंगमा कार्यान्वयन पु¥याउन सहयोग तथा सहजीकरण गरिने नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोद निरौलाले जानकारी दिनुभएको छ ।
साथै योजनाले गाउँपालिकामा हुनसक्ने सम्भावित विपदबाट पूर्व तयारी, प्रतिकार्य तथा पुर्नलाभका क्रियाकलापहरु योजना, निर्माण तथा कार्यान्वयन पु¥याउन सहयोग तथा सहजीकरण समेत गर्ने नामसालिङ सामुदायिक विकास केन्द्रका शशाङ्क आचार्यले  बताउनु भएको छ ।
 

आर्थिक वर्ष: