FAQs Complain Problems

स्थानीय तह संस्थागत क्षमता स्व-मुल्याङ्कन (LISA) अभिमुखिकरण तथा स्व-मुल्याङ्कन कार्यशाला सम्पन्न ।

वर्ष भरि गरिएका १० विषयमा स्वमूल्याङ्कनका लागि कार्यशाला सुरु भएको थियो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा सुरु भएको कार्यशालाको जिल्ला समन्वय अधिकारी सावित्रा पुन मगर र बिकिरण गौगमले सहजीकरण गर्नु भएको थियो।
गाउँपालिकाको सेवा तथा कार्यप्रक्रियालाई सुधार गर्दै लैजाने योजना अनुसार शासकीय प्रबन्ध, सँगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, विक्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयका विषयमा स्वमूल्याङ्कन गरिएको अंक समेत विषयगत शाखाहरुद्धारा प्रदान गरिएको छ ।
सो स्वमूल्याङ्कनको नतिजालाई कार्यपालिकाको बैठकमा पेश गरि आगामी दिनमा प्राप्तहुन नसकेको लक्ष्य प्राप्तीको लागि जनप्रतिनिधि तथा कर्मचारी द्धारा निति, कार्यक्रम तथा योजना निर्माण गरि कार्यान्वयन गरिने प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष: