समाचार
स्यानिघोषमा ४५ दिने सिलाई कटाई तालिम
स्यानिघोषमा ४५ दिने सिलाई कटाई तालिम सुरु
राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका वडा न. २ को विकट बस्ती मानिएको स्यानिघोषमा ४५ दिने सिलाई कटाई तालिम सुरु गरिएको छ ।
नागरिकलाई शिप प्रदान गरि स्वरोजगार बनाउने गाउँपालिकाको अभियान अन्तरगत अन्य स्थानमा जस्तै स्यानीघोषका १२ महिलाई सिलाईकटाई तालिम दिन थालीएको छ ।
तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकहरुलाई आत्मनिर्भर गराउन राप्ती गाउँपालिका सधैव लाग्ने र आयोजना गरिएका तालीम प्रशिक्षणमा सक्रिय सहभागिता नागरिकले पनि जनाउन आवस्यक रहेको बताउनुभएको छ ।
राप्ती गाउँपालिका वडा न. २ का अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यतामा सम्पन्न सिलाई कटाई तालिम उद्घाटन कार्यक्रममा स्यानिघोषका नागरिकहरुले पहिलो पटक गाउँपालिकाले लामो समयको तालिम संञ्चालन गरेकोमा खुसि ब्यक्त्त गरेका छन् ।
स्थानिघोष राप्ती गाउँपालिकाको विकट बस्ती, मगर समुदायको मात्र बसोवास रहेको बस्ती रहेकोले राप्ती गाउँपालिकाले सो स्थानमा विकासका योजनाहरु तथा शिपमुलक कार्यक्रम सञ्चालन गर्दै होमस्टे सञ्चालन गर्ने प्रक्रिया समेत सुरु गरेको राप्ती गाउँपालिका वडा न. २ का अध्यक्ष जगत बहादुर थापाले जानकारी दिनुभएको छ ।
पोष्ट ः सञ्चार संयोजक तिर्थराज ज्ञवाली