FAQs Complain Problems

समाचार

हाम्रो राप्ती गाउँपालिका कार्यक्रमको ४९औ अंक

आज हाम्रो राप्ती गाउँपालिका कार्यक्रमको ४९औ अंकमा छौ ।

यस अंकमा राप्ती गाउँपालिकाले नमुना विद्यालयको रुपमा विकास गर्न लागिरहेको वडा नं ८ स्थीत श्री शंकर माध्यामीक विद्यालय संग संम्वन्धित विषयबस्तु समेटेर आजको कार्यक्रम निर्माण गरेका छौ । 
यो कार्यक्रम तपाई राप्ती टेलिभिजनमा हेर्न र रेडियो राप्ती ९८.४ मेगाहर्ज लालमटिया , रेडियो नयाँयुग १०७.३ मेगाहर्ज लमहि र रेडियो साझाआवाज ८८.३ मेगाहर्ज गढवाबाट साेमवार साझ ६ ः ३० बजे सुन्नपनि सक्नु हुन्छ ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको गतिविधिलाई समेटेर निर्माण गरिएको यो कार्यक्रम दर्शक श्रोता तथा राप्ती गाउँपालिकाका सेवाग्राहिलाई प्रत्यक्ष फाईदा पुराउने उदेश्यले निर्माण गरिएको हो ।

अब
दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नं ८ पिपरी पर्ने श्री शंकर माध्यामीक विद्यालय हालको अवस्थामा आईपुग्न २०३७ सालमा स्थानिय समाजसेवी तथा शिक्षाप्रेमीहरुले सामाजिक परिवेश अनुसार रात्रि विद्यालयको रुपमा स्थापना गरे पश्चात रात्रि प्राथमीक विद्यालयको नामबाट सुरु भएको हो ।
समय सापेक्ष विद्यार्थीको संख्या तथा सेवा क्षेत्रमा जनसंख्याको चाप बढ्दै गएपछि दिवा सेवामा संञ्चालनका लागि रात्रि प्राथमीक विद्यालयको परिसरमै रहेको शिव मन्दिरको नाम बाट पुनं दिवा कक्षा सञ्चालनका लागि २०४५ सालमा शंकर प्राथमीक विद्यालयको स्थापना गरियो । रात्रि प्राथमीक विद्यालयमा साझ र राति पढाई गरिन्थ्यो भने शंकर प्राथमीक विद्यालयमा विहान र दिउसो पढाई गरिन्थ्यो ।
समयको बदलाप अनुसार रात्रि कक्षामा विद्यार्थीहरुको संख्या घट्दै गएपछि २०६२ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयको परिपत्र अनुसार रात्रि प्राथमीक विद्यालयलाई श्री शंकर माध्यामीक विद्यालयमा मर्च गरियो ।
पीपरी, पीपरा, विजौरी,कोहलुवा, जुडपानी मुख्य सेवाक्षेत्र रहेको विद्यालय स्थानिय समाजसेवी,शिक्षाप्रमी बुद्धिजिवीहरुको पहलमा स्थापना भए पश्चात विद्यार्थीहरुलाई शिशु कक्षा देखी १० कक्षा सम्मको शिक्षालीन सहज रहेको छ ।

 

 

https://www.youtube.com/watch?v=7mMjvrwOqm4

आर्थिक वर्ष: