FAQs Complain Problems

१७औँ निजामती सेवा दिवस - निलसागर आश्रममा खाद्य सामाग्री प्रदान

१७औँ निजामती सेवा दिवस - निलसागर आश्रममा खाद्य सामाग्री प्रदान

१७औँ निजामती सेवा दिवस‘स्वच्छ र सक्षम निजामती प्रशासन र समृद्धि र सुशासन’को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत निजामति कर्मचारीहरुको तर्फवाट मानव सेवामा समर्पित निलसागर आश्रम पीपरीमा खाद्य सामाग्री, फलफुल प्रदान गरिएको छ ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको नेतृत्वमा कर्मचारीहरुको तर्फवाट सामाग्रीप्रदान गरिएको हो ।

नियमित कार्यालयमा हुदै आएको औपचारीक कार्यक्रमको आयोजना नगरि मानव सेवानै ठुलो कार्यहो भन्ने भावनाले आश्रममा खाद्य सामाग्री, फलफुल प्रदान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले बताउनु भएको छ ।

निलसागर आश्रमको तर्फवाट सञ्चालक तथा संरक्षक प्रकाश विष्टले १७औँ निजामती सेवा दिवसको अवसरमा सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद समेत प्रदान गर्नु भएको छ ।

आर्थिक वर्ष: