FAQs Complain Problems

‘संविधान दिवसको अवसर पारेर मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु

‘संविधान दिवसको अवसर पारेर मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु

‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’  भन्ने मुल नारा सहित मौत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको छ ।
संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरुविच ब्याडमीन्टन प्रतियोगीताको आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा शुक्रवार सुरु भएको खेलमा ब्याडमीन्टन प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको छ । 
संविधानको मर्म अनुसार नागरिकको सेवामा प्रतिवद्ध रहने प्रतिबद्धताका साथ काम गर्न राप्ती गाउँपालिका अध्यक्ष नुमान्नद सुवेदिले कर्मचारीलाई अनुरोध गर्न भएको छ । राप्ती गाउँपालिकाले असोजको  २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन गर्न  र राष्ट्रिय झण्डा फहराउ सबैमा अनुरोध गरेको छ । 
संविधान दिवशको अवसरमा सुरु भएको ब्याडमिन्टन प्रतियोगीताको विजेता टिमलाई ३ गते समापन कार्यक्रममा आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरिने      गरिने अधिकृत विकास ज्ञवालीले जानकारीदिनु भएको छ ।

तिर्थराज ज्ञवाली
असोज २, मसुरीया (देउखुरी दाङ)

 

आर्थिक वर्ष: