FAQs Complain Problems

समाचार

PCR रिपोर्ट नेगेटिभ आएको सम्बन्धी सुचना ।

समुदायस्तरको कोरोना परीक्षणमा राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ मा सबैको पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नफैलिएको आएको छ ।
समुदाय स्तरमा कोरोना देखिएपछि  ती वडाका समुदाय स्तरमा संक्रमित व्यक्ति संघ घुलमिल भएका परिवार तथा छरछिमेकी , होम क्वारेन्टाइन र केही बैंकका कर्मचारी गरि ७९ जना व्यक्तिहरूको स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा ७९ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

गत भदौ १३ गते भालुवाङ, पाखापानी, मौरीघाट, बुढीचौर र कोहलुवा क्षेत्रबाट स्वाव संकलन गरि भदौ १७ गते बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पिसिआर परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिकाका ३ जना संक्रमितहरुको सम्पर्कमा पुगेकाहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा गत भदौ १३ गते ७९ जनाको स्वाब संकलन गरिएको थियो ।
केहि दिन अघि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा भारतबाट आएका ३२ वर्षीया एक कोरोना संक्रमित महिला इलाका प्रहरी कार्यालय भालुवाङ गएको तथा ती महिला मलामी शुद्व शान्ति कार्यक्रममा समेत पुगेको र वडा नम्बर ४ बुढीचौरमा साउदीबाट आएका ३२ वर्षका एक कोरोना संक्रमित पुरुष सार्वजनिक गाडीबाट स्थानीय बजार, घोराही र रोल्पा सम्म पुगेकोले समुदाय स्तरमा कोरोना फैलिएको हो कि भन्ने आशंकामा ति वडा तथा टोलमा गएर संक्रमित सँग घुलमिल भएका घरपरिवार सँगै छिमेकीहरूको स्वाव संकलन गरि पिसिआर परिक्षण गरिएको हो । 
यसै बिच भदौ १९ गते विहान ८ बजे राप्ती गाउँपालिका २ लालमटिया स्थित पुरानो आदर्श मावि विद्यालयमा समुदायस्तरको बाँकी स्वाव संकलन गरिने स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष: