FAQs Complain Problems

राप्तीले विपदमा परेर अंगभङग भएकाहरुलाई ५००० सहयोग गर्ने

राप्ती गाउँकार्यपालिकाको आ.व. २०७४÷०७५ को १४औ बैठकले राप्ती गाउँपालिकाका भित्रका नागरिकहरु विपदमा परि अंगभङग भएकाहरुलाई जनहि  ५ हजार  सहयोग गर्ने निर्णय गरेको छ ।

राप्ती गाउँ कार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको  १४ औ बैठकले राप्ती गाउँ शिक्षा समितिले २०७५ साल बैशाख ११ गते गरेको निर्णय अनुमोदन गरेको छ साथै टोल विकास संस्था संञ्चालन कार्यविधि २०७५, गाउँपालिका बाट गरिने बजार अनुगमन कार्यविधि २०७५, राप्ती गाउँपालिकाको स्थानिय राजपत्र प्रकाशन कार्यविधि २०७५ पारीत गरेको र राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

राप्ती गाउँकार्यपालिकाका को १४औ बैठकले बस्तुगत विवरण तयारी तथा एकिकृत ग्रामीण विकास योजना निर्माण गर्ने र चालु शिर्षकमा रहेको १ करोड ८१ लाख बजेट पुजिगतमा रकमान्तर समेत गर्ने निर्णय गरेको  प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: