समाचार
राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सक्षम र सरकारी जागिरका लागि योग्य बनाउन लोकसेवा परिक्षा तयारी कक्षा सञ्चालन
राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सक्षम र सरकारी जागिरका लागि
योग्य बनाउन लोकसेवा परिक्षा तयारी कक्षा सञ्चालन गरेको छ ।
राप्ती गाउँपालिका भित्रका ३५ युवा युवतीहरुलाई प्रथम चरणमा राप्ती
गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार राजपत्र अनंकृत प्रथम
तथा राजपत्र अनंकृत द्धितिय श्रेणी ना.सु. तथा खरिदार को लागि लोकसेवा
तयारी कक्षा सुरु गरिएको राप्ती गाउँपालिकाका प्रमुम प्रशासकिय अधिकृत
जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
३५ दिन दिईने लोकसेवा परिक्षा तयारी कक्षा विहान ७ बजे देखी १० बजेसम्म
र बेलुका ५ बजेदेखी ७ बजे सम्म सञ्चालन गरिएको तथा वडा गत रुपमा समावेशी
रुपमा सहभागी छनौट गरिएको प्रमुम प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले
जानकारी दिनुभएको छ ।
प्रमुम प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले आगामी दिनमा पनि लोकसेवा
परिक्षा तयारी कक्षा राप्ती गाउँपालिकाले निरन्तर सञ्चालन गर्ने बताउनु
भएको छ ।