समाचार
राप्तीमा परिवार नियोजनको साधन प्रयोग मात्रा बिद्वि गर्न अभियान सुरु
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आयोजित परिवार नियोजन सम्वन्धि २ दिने सुक्ष्म योजना तर्जुमा गोष्ठि ले राप्ती गाउँपालिकामा परिवार नियोजनको हालको अवस्थामा अझ बृद्वि गर्न अभियान सुरु गर्ने निर्णय गरेकोे छ ।
राप्ती गाउँपालिका भित्रका नागरिकहरुलाई परिवार नियोजन सम्वन्धि सेवाको पहुच पुराउनकोलागि यस क्षेत्रका स्वास्थ्य संस्थालाई थप सामाग्री तथा स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।
नागरिकहरुलाई सचेतना गर्दै परिवार नियोजन प्रति सकारात्मक सोचको विकास गर्न पहल कदमी स्वरुप जनप्रतिनिधि, स्वास्थ्य कर्मीहरुविच हालको अवस्थाको वारेमा छलफल गर्दै जन्मान्तर प्रति नागरिकलाई सचेत गराउन लागीपर्ने वातावरण ल्याउन गोष्ठिको आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका भित्र परिवार नियोजनका साधनको प्रगोगलाई तिब्रता दिन आठ योजना एवं कार्यक्रम निर्माण गरिएको छ र सो योजना सफल वनाउन सरोकारवाला निकाय संग सहकार्य गरिने स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिनुभएको छ ।
राप्तीमा परिवार नियोजनका साधन प्रयोगको मात्रा बढाउन ईम्प्लान्ट निकाल्ने सामाग्री राप्ती गाउँपालिका भित्रका दुई स्वास्थ्य संस्थामा बढाउने, आई यु सि डि राख्ने र निकाल्ने समाग्री थप गर्ने, नयाँ अटोकलेम राख्ने ब्यवस्था मिलाउने, किशोर अवस्थामा गर्भवती हुने जोडिलाई महिला स्वास्थ्य स्वंसेविका मार्फत स्वास्थ्य संस्थामा प्रेशन गरि परिवार नियोजन सम्वन्धि परामर्श दिने, निजि स्वास्थ्य क्लीनिकहरुवाट प्रवाह हुने परिवार नियोजन सेवाको तथ्याङ राख्न निजि स्वास्थ्य क्लीनिकहरुसंग सहकार्य गर्ने, वडा नं ९ को देविकोटमा ईम्प्लान्ट सेवा सुरु गर्न सामुदायिक स्वास्थ्य ईकाईका स्वास्थ्य कर्मीलाई तालिम तथा औजारको ब्यवस्था मिलाउने, सिसहनिया र लालमटिया स्वास्थ्य चौकी मार्फत परिवार नियोजन स्वास्थ्य शिविर संञ्चालन गर्ने योजना निर्माण गरिएको स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिनुभएको छ ।
दुई दिने राप्ती गाउँपालिका स्तरिय परिवार नियोजन सम्वन्धि सुक्ष्म योजना तर्जुमा गोष्ठि सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा आगामी दिनमा राप्ती गाउँपालिका भित्रका नागरिकहरुमा परिवार नियोजनका साधनको प्रयोगको अवस्था र उमेर पुगेकाको मात्र विवाह र बच्चा जन्माउने अवस्था सृजना गर्न जनचेतना अभिबृद्वि गर्न सबै लाग्नुपर्ने बारे छलफल गरिएको स्वास्थ्य शाखा सह संयोजक नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।